बागलुङ : बडिगाड खोलाले बगाउँदा एक जनामा बेपत्ता भएका छन् । निसीखोला गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय दिलचन विक वेपत्ता भएको स्थानीय राजन पाइजाले जानकारी दिए । बडिगाड खोलामा बालुवा निकाल्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर ५ खौलार
स्थित खोलामा बालुवा निकाल्ने चाल्ने क्रममा खोलाले बगाएर विक बेपत्ता भएको बताइएको छ । बालुवा निकालेर घाम छल्न पौडी खेल्दा खोलामा हाम फालेका उनी एक्कासी वेपत्ता बनेको स्थानीयको भनाई छ । प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेपनि उनी फेला पर्न नसकेको र खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ । उनी साँझसम्म पनि फेला नपरेको बताइएको छ ।
यो पनि पढ्नुहोस्
आमा बचाईदिन यममायाको अपिल
खोलाको बगरजस्तै उराठ र उजाद देखिन्छ अनुहार । सबैसँग हाँस्ने बोल्ने मान्छे आजभोली मलिन देखिन्छिन ’, लाग्छ मन भरी पिडाले ढपक्कै ढाकेको छ उनको संसार । कुरा गर्दा गर्दै वर्षादको भेलझैं उर्लिन्छन् उनका आँखाबाट आसुका भेल । नउर्लिस् पनि कसरी जन्मदिने आमाको शरिर अस्पटालको शौय्यामा ढलेको छ मृत्युसँग पौंठेजोरी खेल्दै । बागलुङ जिल्ला बडिगाड गाउँपालिका–रनसिङ्ग
कितेनी पुरानोगाउँ वडा नम्बर ०८ निवासी यम–माया श्रीस मगरको विगत तीन महिनायताका दिनहरू काठमाडौं महाराजगन्ज स्थित टिचिङ्ग अस्पतालमा बित्ने गरेको छ । उनलाई डर छ कतै जन्म दिने आमा गुमाउनुपर्ने त होइन रु सोच्दा सोच्दै भक्कानिन्छ मन । बग्न थाल्छन् बलिन्द्र आशुधारा । उनी भन्छिन मनमा हर्ष पलाउन छोडेको छ नानाथरीका कुरा खेल्छन् छट्पटी मात्रै हुन्छ , केही सोच्न सक्दैन ।
निम्न वर्गीय उनको परिवार आर्थिक कमजोरीका कारण ६१ वर्षकी आमाको उपचारमा समस्या भएको छ ।
तीन छोरी एक छोरा र बुबा–आमा सहित ६ जनाको परिवार छ । घरमा कमाउने कही छैन्न , जेठी दिदीको बिबाह भएको छ यम–मायाँ माइली छोरी हुन भने बहिनी र भाई सानैछन् । जसो तसो घर वरिवार चलेकै थियो एकैचोटि वरिवारमा बजरपाट पर्यो , आमा बिरामी हुनुभयो अस्पतालमा भर्ना
गर्दा आमाको कलेजो, फोक्सो र किड्नीमा समस्या देखियो । डाक्टरका सल्लाह अनुसार अपरेशन गर्नुपर्ने भएको छ । घरको आर्थीक स्थिति कमजोर छ, उपचार,औषधीका लागि पैसा नहुदा यतिखेर, यम–मायाँको परिवारले आर्थीक सहयोग गरी बिरामी आमाको ज्यान बचाइदिनका लागि देश विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा सहयोगको अपिल गरेका छन् । यममाया गायिका पनि हुन
उनी काठमाडौं बसपार्क स्थित यानी–मायाँ दोहोरी साँझमा जागिर गर्थीन । बिरामी आमाको हेरचाह गर्नु पर्दा अहिले त्यहीँ जागिरमा पनि छोड्नु परेको उनी बताउँछिन् । जागिर छोड्नु पर्दा खाना बस्न समेत मुसकिल भएको यममायाले बताइन् । सहयोगका लागि यममाया श्रीस मगरको सम्पर्क मोबाइल नम्बर ९८६३५१५४७६ साथै प्रभु बैंक खाता नम्बर १३५०२३०११८२०००१२