images
images

राजनीति

ढोरपाटन नगरपालिकामा सात दलको प्रेस विज्ञप्ती दोहोरी

ढोरपाटन नगरपालिकामा सात दलको प्रेस विज्ञप्ती दोहोरी

  • कार्तिक ५, २०७८ शुक्रवार
  • २०:३१:४९ बजे
  • 3.9K
    SHARES
  • ढोरपाटन नगरपालिकामा सात दलको प्रेस विज्ञप्ती दोहोरी

    बुर्तिबाङ : ढोरपाटन नगरपालिकामा ६ राजनीतिक दलले बिहिबार संयुक्त रुपमा निकालेको विज्ञप्ती प्रति नेकपा एमाले ढोरपाटन नगरले आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शुक्रबार विज्ञप्ती मार्फत भ्रमको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरेको छ । ६ दलले मेयर देवकुमार नेपालीले नगरपालिकामा मनोमानी गरेको, अपारदर्शिता लगाएतका गतिविधी गरेको र त्यसलाई सच्चाएर

    अगाडी बढ्न आग्रह गर्दै चेतावनी समेत दिएका थिए । त्यसको खण्डन गर्दै शुक्रबार एमालेले आफ्नो पार्टीमा नगरवासीको आकर्षण देखेर अन्य पार्टीहरु आत्तिएको भन्दै मेयर नेताली माथि झुठा आरोप लगाएको विज्ञप्तीमा उल्लेख छ । नेकपा एमाले ढोरपाटन नगर संयोजक लक्ष्मण पुन मगरद्वारा हस्ताक्षेरित विज्ञप्तीमा नेकपा एमाले पार्टीको सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानसँगै जुटिरहेको र नेकपा एमाले प्रति जनलहर

    बद्दै गरेको अवस्थामा अत्तालिएर ६ दलले पराजितको मानसिकताको उपज रुवरुप आरोप पूर्ण विज्ञप्ती निकालेको बताइएको उल्लेख छ ।त्यस्तै जनताको सेवा र सुविधाका निम्ति निरन्तर काम गर्दै आउनु भएका नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीमाथी तथ्यहिन र कपोकल्पित, लान्छना, अपुष्ट आरोप लगाउनु निन्दनीय कार्य  भएको समेत विज्ञप्तीमा उल्लेख छ । 

    यो पनि पढ्नुहोस्
    ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई ६ दलले दिए यस्तो चेतावनी
    बुर्तिबाङ स् ढोरपाटन नगरपालिकामा रहेका ६ वटा राजनीतिक दलले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले विधि विधान विपरीत मनोमानी रुपले क्रियाकलाप गरेको भन्दै यस्ता गलत क्रियाकलाप रोक्न भन्दै चतावनी दिएका छन् ।

    नगर प्रमुख नेपालीले यस्ता गलत क्रियाकलाप तत्काल नसच्याय थप आन्दोलनका कार्यक्रम अगाडी ल्याउने भन्दै आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी नगर प्रमुख नेपालीले लिनुपर्ने बताएका छन् । उनीहरुले ढोरपाटन नगरपालिका देशकै भ्रष्ट पालिका रहेको भन्दै नगर प्रमुखले आफूखुसी गरेको आरोप लगाएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा,

    नेकपा क्रान्तीकारी र जनता समाजवादी पार्टीका प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेको विज्ञप्तीमा नगरपालिकाले गरेका गलत क्रियाकलालाई तथ्यगत रुपमा चाँडै जनता माझ ल्याउने जनाएका छन् । नगर प्रमुखले मनोमानी रुपले काम गरेको, जनताले तिरेको कर र नगरपालिकामा आएको बजेट सहि तवरले प्रयोग नगरेको, वडालाई २५ लाख बजेट विनीयोजन गरेर आफ्नो नाम कमाउने उद्देश्य

    सहित मनोमानी तवरले क्लवको मेलालाई ठुलो परिमाणमा वजेट विनियोजन गर्ने गरेको, जनतालाई अनावश्यक प्रलोभन देखाएर पार्टी प्रवेशको नाटक गर्ने र निहित स्वार्थका निम्ती नगरको स्रोत साधनको दुरुपयोग गर्ने गरेको विज्ञप्तीमा उल्लेख छ । नगरपालिकामा निर्वाचित भइसकेपछी हालसम्म शिक्षा, स्वास्थ्य, कर्मचारी नियुक्ति, सरुवा, जग्गा व्यवस्थापन, सडक एवम भौतिक निर्माण सामग्री खरिद,

    कोरोना व्यवस्थापन तथा नियन्त्रण बाढी पीडितलाई दिने राहात वितरण, जस्तापाता, पाईप, खरिद तथा वितरण लगायत विभिन्न शिर्षकहरुमा चरम अनियमितता र बेरुजु रहेको र छिट्टै तथ्यगत वास्तविकता जनतामाझ ल्याउने ६ दलले जनाएका छन् ।


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार