अपराध

बागलुङमा दिदीलाई बलात्कारको आरोपमा बैंकका कर्मचारी पक्राउ

बागलुङमा दिदीलाई बलात्कारको आरोपमा बैंकका कर्मचारी पक्राउ

  • कार्तिक ११, २०७८ बिहिवार
  • ०७:२१:५५ बजे
  • 17.7K
    SHARES
  • बागलुङमा दिदीलाई बलात्कारको आरोपमा बैंकका कर्मचारी पक्राउ
    सांकेतिक तस्बिर

    बागलुङ : ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङको बैंकमा कार्यरत एक युवालाई पक्राउ गरेको छ । कैलालीको जोसिपुर गाउँपालिका वडा नम्बर १ घर भइ बागलुङमा बैंकमा काम गर्दै आएका २६ वर्षीय युवालाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार पक्राउ गरेको हो ।

    युवकले केही वर्ष पहिलेदेखि ति महिलालाइ धर्म दिदी बनाएर तिहारमा भाइ टीका लगाउँदै आएको पाइएको छ ।महिलालाई युवाले कात्तिक ३ गते बलात्कार गरेको आरोप छ । पीडित महिलाले सात दिनपछि कात्तिक १० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएपछि आरोपित युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । प्रहरीले युवकलाइ नियन्त्रणमा लिएर यस विषयमा अनुसन्धान सुरू गरेकाे प्रहरी निरीक्षक भणडारीले जानकारी दिए । पछिल्लाे समय बागलुङमा यस प्रकारका घटनाहरू बढ्न थालेका छन् ।

    यो पनि पढ्नुहोस्
    निसीखोलामा गाउँपालिकाको कार्यालयसहित २७ कार्यालय र घरमा चोरी
    बागलुङको निसीखोला गाउँपालिकाको कार्यालय र विभिन्न वडा कार्यालयसहित विद्यालय र घरमा तोडफोड तथा चोरी भएको छ । मंगलबार राति गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ३ र वडा नम्बर ४ को कार्यालय, प्रभा मावि, जन जिवराज सुशिलामा मावि, हिले प्रावि, बोहोरागाउँ लिटिल रोज बोर्डिङ स्कुल र १९ घरमा तोडफोड तथा चोरी भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

    यो सबै घटना एकै रातमा भएको बताइएको छ । निसीखोला गाउँपालिका कार्यालयमा तोडफोडसँगै कागजपत्र छरप्रस्ट बनाएको गौतमको भनाई छ । त्यस्तै कागजात राख्ने दराज टोडफोड र सिसी क्यामेराको टार समेत काटेको उहाँको भनाई छ । सामान भने नहराएको उहाँले बाउनुभयो । चोरले वडा नम्बर ३ को वडा कार्यालय तोडफोड गरेको छ भने त्यहाँबाट ६०० रुपैयाँ चोरेको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । अन्य क्षति भने नभएको उहाँको भनाई छ । वडा नम्बर ४ को कार्यालय पनि टोडफोड भएको छ ।

    कार्यालय तोडफोडसँगै ११ हजार रुपैयाँ समेत चोरेको वडा कार्यालयले जनाएको छ । वडा नम्बर ३ र ४ दुवै कार्यालयको ढोका तोडफोड भएको छ । त्यस्तै वडा नम्बर ४ मा रहेको महिला सहकारीको कार्यालय ढोका समेत टोडफोड गरेको बताइएको छ । तीन विद्यालयमा टोडफोड भए पनि कुनै सामानहरु हराएको अहिलेसम्म पत्ता नलागेको गौतमले बताउनुभयो । बोहोरागाउँ लिटिल रोज बोर्डि स्कुलबाट कार्यालयको ढोका तोडफोड गरि १० हजार रुपैयाँ चोरेको बताइएको छ ।

    चोरले विभिन्न कार्यालयसँगै १९ घरमा टोडफोड र चोरी गरेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर २ मा २ र वडा नम्बर ३ मा १७ वटा घरमा तोडफोडसँगै नगद र जिन्सी चोरी गरेको गौतमले बताउनुभयो । वडा नम्बर ३ का वडा सदस्य खिमबहादुर शाहीको घरबाट साढे दुई तोला सुन र एक लाख नगद रुपैयाँ चोरी गरेको गाउँपालिकाले जनाएको छ । विभिन्न कार्यालय, विद्यालय र १९ घरबाट १० लाख रुपैयाँ बराबरको नगद र जिन्सी चोरी भएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।

    राति तोडफोड तथा चोरी भए पनि आफूहरुले विहान मात्रै थाहा भएको भन्दै प्रहरीलाई जानकारी गराएको गौतमले बताउनुभयो । प्रभा माविमा राति १ बजे तोडफोड भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिकाको कार्यालय भने विहान सात बजे कर्मचारीहरु आउँदा ढोकाहरु खुल्लै देखेपछि प्रहरीलाई खबर गरेका थिए । गाउँपालिकाले क्षति भएका सबै घर तथा कार्यालयहरुको निरीक्षण गरि क्षति विवरण तयार पारि रहेको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो ।

    उहाँले गाउँपालिकाको कार्यालयमा धेरै क्षति नभए पनि विभिन्न वडा र घरहरुमा लाखौँको चोरी भएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले सबै स्थानमा पुगेर मुचुल्का तयार गरेको भन्दै अहिलेसम्म कसैलाई पनि अनुसन्धानको दायराम नल्याएको बताउनुभयो । यसमा आफूहरु गम्भीर भएर अनुसन्धानमा लागेको बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # बलात्कार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार