बडिगाडमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

बडिगाडमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

  • कार्तिक ११, २०७८ बिहिवार
  • ०७:५७:०६ बजे
  • 3.4K
    SHARES
  • बडिगाडमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : जिल्लाको पश्चिम बडिगाड गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ५ दाँगका स्थानीय देविराम गुरुङको भिरबाट लडेर ज्यान गएको स्थानीय राजन पाईजाले जानकारी दिए ।

    ४७ वर्षीय गुरुङ घाँस काटेर भारी बोक्ने क्रममा भारी सगैं भिरबाट तल खसेको बताइएको छ । उनको घटनास्थलमै ज्यान गएको पाईजाले बताए । घटनास्थलमा प्रहरी पुगी मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि बुर्तिबाङ लैजाने तैयारी भईरहेको बताईएको छ ।

    यो पनि पढ्नुहोस्
    बुर्तिबाङमा मेला हेरेर फर्केका परियार वेपत्ता स् भिरबाट लडेको हुन सक्ने आशंका 
    बडिगाड गाउँपालिका वडा नम्बर ९ बल्घासका एक युवा मंगलबार रातिदेखि वेपत्ता भएका छन् । बुर्तिबाङमा पुर्णिमा मेला हेरेर फकर्ने क्रममा बल्घासका २८ वर्षीय शंकर परियार मंगलरबा राति १० बजेदेखि वेपत्ता भएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका

    प्रमुख जयराम वन्तले जानकारी दिए । साथीहरुसंगै राति अबेरसम्म मेला हेरेर घर हिँडेका उनी ढोरपाटन नगरपालिकाको सिमलचौरबाट वेपत्ता भएको प्रहरीले जनाएको छ । बुर्तिबाङबाट सिमलचौर हुँदै पैदलमार्गबाट घर जाँदै गर्दा सिमलचौर नजिकैको भिरबाट उनी वेपत्ता भएको परियारका आफन्तले बताएका छन् । 
     
    बुधबार इलाका प्रहरी कार्यालय बुर्तिबाङ र परियारका आफन्तले दिनभर खोजी गर्दा पनि फेला पार्न नसकिएको प्रहरी नायव उपरीक्षक बन्तले बताए । परियार भिरबाट लडेको आशंका गरिएको ठाउँ निकै अप्ठ्यारो झाडी रहेको छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार