images
images

राजनीति

काँग्रेस बागलुङ क्षेत्र नम्बर २ मा २५ पदका लागि ५८ जनाकाे लडाइँ

काँग्रेस बागलुङ क्षेत्र नम्बर २ मा २५ पदका लागि ५८ जनाकाे लडाइँ

  • मंसिर ७, २०७८ मंगलवार
  • २०:५९:१७ बजे
  • 4.0K
    SHARES
  • काँग्रेस बागलुङ क्षेत्र नम्बर २ मा २५ पदका लागि ५८ जनाकाे लडाइँ

    बुर्तिबाङ : नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ मा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचन सम्पन्न भएको छ । क्षेत्रीय सभापती पदका लागि २ जनाले चुनावमा उत्रिएका थिए । सचिवमा ४ जना र अन्य पदका निर्वाचन भएको छ । प्रदेश क्षेत्र नम्बर २ प्रदेश (क) र (ख) गरी कुल ८ सय २८ मतदाता रहेकामा करिब ९५ प्रतिशत मत खसेको छ । प्रदेश (क) तर्फ ४५४ मतदाता मध्ये ४२९ र (ख) तर्फ ३७७ मध्ये ३५९ गरी कुल ७८८ मत खसेको निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी दिए ।

    मंगलबार विहान मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदान साँझ ७ बजे मात्रै सकिएको छ । मतदान सम्पन्न भएसँगै करिब ८ः३० बजेदेखि मतगणना सुरु भएको छ । बुधबार विहानसम्ममा मत गणना सम्पन्न हुने बताएको छ । क्षेत्रीय सभापतीमा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा र निवर्तमान प्रदेश ख का सभापती नरजंग घर्ती बीच प्रतिस्पर्धा भएको छ । सचिव पदमा धर्मबहादुर घर्ती, नारायण ध्वज मल्ल, भरत बहादुर के.सी. र हिम बहादुर भण्डारी छन् । सचिव पदमा दुई जना निर्वाचित हुनुपर्नेमा ४ जनाको उमेद्वारी परेको हो ।त्यस्तै दुई जना निर्वाचित हुने सहसचिव पदमा ४ जनाको उम्मेदवारी परेको छ ।

    खुल्ला र समानुपातिक सहित १७ पदका लागि ३४ जना, प्रत्यक्ष खुल्ला सदस्यमा ३ पदका लागि ६ जना, खसआर्य महिला तर्फ १ पदका लागि दुई जना, आदीवासी जनजाती १ पदका लागि दुई जना, दलित महिला र दलित खुल्ला १/१ पदका लागि दुई /दुई जना चुनावमा होमिएका छन् । अल्पसंख्यक, अपाङ्ग, मुस्लिम समुदाय १ पदका लागि दुई जना, प्रदेश क खुल्ला प्रदेश (ख) खुल्ला सदस्य पदमा २/२ पदका लागि ४/४ जना चुनावमा भिडेका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा १० खुल्ला र अन्य १५ सहित २५ पदका लागि ५८ जना

    चुनावमा सहभागी भएका छन् । यस पटक पुराना अनुहार दोहोरीएका छन् भने नयाँ अनुहार समेत आधा आधिकै दरमा थप भएका हुन । नयाँ आकांक्षी अधिकांश युवा पुस्ताका छन् । खुल्ला सदस्य तर्फ १० पदमा २५ जना, खुल्ला महिला ४ पदमा ८ जना, समानुपातिक खस आर्य १ पदमा दुई जना, समानुपातिक खुल्ला खस आर्यका दुई पदका लागि ७ जना, समानुपातिक आदिवासी जनजाती महिला दुई पदका निम्ती ४ जना,

    आदिवासी जनजाती खुल्ला तर्फ दुई पदमा ५ जना निर्वाचनमा सहभागि थिए । त्यस्तै दलित महिला एक पदमा दुई जना र दलित खुल्लामा २ पदमा ५ जनाले चुनाव लडेका छन् ।


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार