बुर्तिबाङ : जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ मा रहेको सेरा–दोभानघाट झोलुङ्गे पुल जिर्ण हुँदा स्थानीय जोखिम मोलेर पुलमा यात्रा गर्न बाध्य भएका छन । सेरा–सिमलचौर जोड्ने झलुङले पुल जिर्ण बन्दै गएपछी स्थानीय र बालबालिकाहरु जोखिम मोल्न बाध्य छन् ।
स्थानीयले पशुचौपाया समेत जोखिम पूर्णरुपमा पुलबाट वारपार गर्न बाध्य भएको स्थानीय चन्द्र शर्माले बताए । वडा नम्बर २ का अध्यक्षलाई यस बारेमा पटक पटक जानकारी भए पनि सुनुवाई नभएको शर्माको भनाई छ ।
‘पुलको हालत यस्तो छ, दैनिक बालबालिका र स्थानीय ओहोरदोहोर गर्छन्, पुलको अवस्था बारे वडा अध्यक्ष र नगरपालिालाई जानकारी गराइयो तर कुनै पनि सुनुवाई भएन,’ शर्माले भने ‘जनताले भन्ने नजिकको सरकारलाई हो, नगरपालिकाको ध्यानाकर्षण गराए पनि अहिलेसम्म केही काम भएन,
बालबच्चालाई पुल वारपार गर्द थप जोखिम भएको छ ।’ उक्त पुलदेखि दैनिक रुपमा सिमलचौर गाउँका २०/३० जना साना बालबालिका पढ्नका लागि बुर्तिबाङ आउने गर्दछन् भने निसीखोला गाउँपालिकाको राजकुट, हर्पे, ढोरपाटन नगरपालिकाको सेरा, सिमलचौर, बडिगाड गाउँपालिकाको मालारानी, बल्घास लगाएतका सयौँ मानिस दैनिक आउजाउ गर्ने उक्त पुल पूर्ण रुपमा जिर्ण बन्दा पनि स्थानीय सरकार आँखा
चिम्लेर बसेको स्थानीयको आरोप छ । पुलको छेउछाउको जाली अधिकांश चुँडिएको छ । पुलमा राखिएको काठको फल्याक कुहिएर खस्दै गएका छन् भने जोखिम पूर्ण अवस्थामा पुल रहेका कारण कतिखेर दुर्घटना हुने हो भन्ने चिन्तामा स्थानीय छन् ।