images
images

तमानखोलामा सहकारी व्यवस्थापन सम्बन्धी तालिम 

तमानखोलामा सहकारी व्यवस्थापन सम्बन्धी तालिम 

  • पौष १७, २०७८ शनिवार
  • १८:४७:०६ बजे
  • 2.4K
    SHARES
  • तमानखोलामा सहकारी व्यवस्थापन सम्बन्धी तालिम 

    बुर्तिबाङ : तमानखोला गाउँपालिकामा पालिका भित्र रहेका सहकारी सञ्चालक र सहकारी दर्ता प्रक्रियामा रहेकाहरुका लागि सहकारी व्यवस्थापन आधारभुत तालिम दिइएको छ । सहकारी संस्थालाई दिगो रुपमा सञ्चालन गर्न र सहकारी व्यवस्थापन प्रक्रिया, सहकारीको अवस्था र तमानखोला गाउँपालिकामा सहकारी संस्थाको विकासका

    निम्ति तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।  तमानखोला गाउँपालिकाको आयोजनामा पौष १६ र १७ गते सञ्चालन भएको तालिममा दर्ता भई सञ्चालनमा ३ वटा सहकारी र अन्य दर्ता प्रक्रियामा रहेका सहकारीका ७० जनाको सहभागिता रहेको थियो । तालिम जिल्ला सहकारी संघ बागलुङका सचिव तेजेन्द्र थापाले प्रशिक्षण दिएका थिए । 

    त्यस्तै तमानखोला गाउँपालिकाले आइतबारदेखि सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गर्दे प्रतिभाको खोजी कार्यक्रम सुरु गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ नीति कार्यक्रम अनुसार विद्यार्थीको प्रतिभा र क्षमता प्रस्फुटन गराउने उद्देश्यसहित दुई दिने कार्यक्रमको आयोजना गरिएको शिक्षा शाखा संयोजक पुरन घर्तीले बताए ।

    पौष १८ र १९ गते हुने प्रतिभाको खोजी कार्यक्रम अन्र्तगत १८ गते कक्षा १ देखि ५ सम्मका विद्यार्थीको सहभागिता रहने गरि हाजीरी जवाफ प्रतियोगिता, १९ गते आधारभूत तहकक्षा ६ देखि ८ सम्म र माध्यमिक तह कक्षा ९ देखि १२ प्रतिभा पहिचान र शैक्षिक सामग्री प्रर्दशनी कार्यक्रमको आयोजना गरिएको बताइएको हो ।

    कार्यक्रम तमानखोला गाउँपालिका केन्द्र बोङगादोभान स्थित जनजागृति माविमा सञ्चालन गरिने बताइएको छ । 

     


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार