images
images

काँग्रेस क्षेत्रीय समिति बागलुङ क्षेत्र नम्बर २ को दोस्रो बैठकले ग¥यो यस्ता निर्णय

काँग्रेस क्षेत्रीय समिति बागलुङ क्षेत्र नम्बर २ को दोस्रो बैठकले ग¥यो यस्ता निर्णय

  • पौष २४, २०७८ शनिवार
  • २०:२६:४७ बजे
  • 2.5K
    SHARES
  • काँग्रेस क्षेत्रीय समिति बागलुङ क्षेत्र नम्बर २ को दोस्रो बैठकले ग¥यो यस्ता निर्णय

    बुर्तिबाङ नेपाली काँग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर २  बागलुङको प्रशिक्षण तथा दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर २ बागलुङको आयोजनामा १ दिने प्रशिक्षण कार्यक्रम शनिबार बुर्तिबाङमा सम्पन्न भएको हो । क्षेत्रीय सभापति जोगलाल बुढाको अध्यक्षतामा सञ्चालित प्रशिक्षण नेपाली काँगेसका नेता देवराज चालिसेले सहभागिलाई  प्रशिक्षण दिएका थिए । 

    पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित क्षेत्रीय समिति, प्रदेश, गाउँ/नगर तहका पदाधिकारीका लागि प्रशिक्षण सँगै विभिन्न विषयमा निर्णय समेत पारित गरेको छ । पार्टीलाई थप शसक्त बनाउँदै नगर, गाउँ तथा टोलटोलमा नियमित बैठक गर्ने, कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम, प्रशिक्षण मुलक कार्यक्रमलाई तिव्रताका साथ अगाडी बढाउने निर्णय गरेको अध्यक्ष बुढा मगरको भनाई छ ।  छलफलबाट विपी स्मृर्ति पार्क निर्माण गर्ने, डिवेटीङ क्लव गठन गर्ने, प्रत्येक पालिकामा सभा गर्ने, राजनीतिक पाठशाला निर्माण गर्ने

    लगाएतका विषयमा छलफल गर्दै क्षेत्रीय सभापतीले उठान गरेका प्रस्तावलाई पारित गरेको बताइएको छ । पार्टीका रहेक गतिविधि एकद्वार प्रणाली मार्फत जिल्लाको र प्रदेशको नेतृत्वमा गाउँ, नगर अन्र्तगत वडालाई चलायमान बनाउने, भातृ संगठनलाई सक्रिय बनाउने लगाएतका विषयमा निर्णय भएको हो  सपभाति बुढा मगरले बताए । हाल क्षेत्र र प्रदेश समेट्दै पार्टी कार्यालय व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।

    कार्यक्रमका अवसरमा १४ औँ महाधिवेशमा सहयोग गर्ने निर्वाचन अधिकृत लगाएतको टोलीलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला सभापति जित शेरचन, जिल्ला उपसभापती तारानाथ पौडेल, सचिव गण्डकी थापा अधिकारी, हरिहर शर्मा, महाधिवेशन प्रतिनिधि अर्जुन शेरचन, लगायतको सहभागिता रहेको थियो । कार्यक्रम क्षेत्रीय सचिव धर्मबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । 


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार