बुर्तिबाङ : तमानखोला गाउँपालिकाका इन्जिनियरमाथि कुटपिट भएको छ । गाउँपालिकामा इन्जिपनयरको रुपमा काम गर्दै आएका अर्जुन कुमार यादवमाथी फिल्डमा काम गरिराखेको अवस्थामा तमानखोला वडा नम्बर १ का महेन्द्र थापा र होमलाल रोकाले गाली गलौज गर्दै कुटपिट गरेको पीडित यादवले बताए ।
गत जेठ १४ गते वडा नम्बर १ मा रहेको बुद्ध आधारभुत विद्यालयको ४ कोठे भवनको निर्माणको लागि घडेरी नाप जाँच गर्न गएका यादवलाई फिल्डमै दुई युवाले कुटपिट गरेर भागेको भन्दै दोषिलाई कार्वाहीको दायरामा ल्याउन माग समेत गरेका छन् । तमानखोला गाउँपालिकाका सम्पूर्ण कर्मचारीले प्रेस विज्ञप्ती निकाल्दै कारवाहीको माग गरेका छन् । ‘राष्ट्रसेवक कर्मचारीमाथि भएको यस्तो क्ररुर घटनाको विषयमा दोषी उपर कारवाही
प्रक्रिया अगाडी बढाउन आग्रहसहित पीडितलाई न्याय दिन माग गर्दछौँ’ विज्ञप्तीमा उल्लेख छ ।’ दोषीलाई कारवाही गर्न स्थानीय सरकार, जिल्ला प्रशासन, ट्रेड युनियन लगाएतका निकायसँग माग कर्मचारीहरुले माग गरेका छन् । यस्तो घटनाले कर्मचारीलाई सुरक्षा चुनौती थपिएको विज्ञप्तीमा उल्लेख गरीएको छ । पीडित यादवलाई आँखा र मुखमा चोट लाग्ने गरी ति दुई युवाले मुक्का हानेर भागेका थिए ।
