बुर्तिबाङ : साइन रेसुङ्गा विकास बैँक बुर्तिबाङ शाखाद्धारा निसीखोला र तमानखोला गाउँपालिकाका जनप्रतिनिधिलाई बधाई तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । निसीखोला गाउँपालिकाका सबै वडाका जनप्रतिनिधिसहित पालिका
प्रमुख उपप्रमुख तथा तमानखोला गाउँपालिकाका प्रमुख उपप्रमुखलाई सफल कार्यकालको सुभकामना सहित निसीखोला गाउँपालिका ५ मा जनप्रतिनिधि र स्थानीय सामुदायिको बीचमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरीएको शाखा प्रवन्धक प्रेम पौडेलले बताए । ग्रामिण क्षेत्रसम्म वित्तिय साक्षरता र चेतनाको विकास गर्नका निम्ती यस्तो कार्यक्रम गरीएको बताउँदै शिक्षक, कर्मचारी,
जनप्रतिनिधी, स्थानिय बासी लगाएतको सहभागितामा कार्यक्रम गरीएको हो । वडा अध्यक्ष हर्कमान घर्तीमगरको अध्यक्षतामा आयोजित कार्यक्रम साइन रेसुङ्गा विकास बैँकका कर्मचरी लेखनाथ गुरुङको सञ्चालनमा साखा प्रवन्धक प्रेम पौडेलको सहजिकरणमा सम्पन्न भएको हो ।