नर्जाखानी पूर्ण संस्थागत सुत्केरी तथा पूर्ण पोख सुनिश्चित वडा घोषणा

नर्जाखानी पूर्ण संस्थागत सुत्केरी तथा पूर्ण पोख सुनिश्चित वडा घोषणा

  • आषाढ १, २०८१ शुक्रवार
  • १८:५८:०५ बजे
  • 3.1K
    SHARES
  • नर्जाखानी पूर्ण संस्थागत सुत्केरी तथा पूर्ण पोख सुनिश्चित वडा घोषणा

    बागलुङ : बागलुङको सबैभन्दा टाढाको गाउँ नर्जाखानी पूर्ण संस्थागत सुत्केरी तथा पूर्ण पोख सुनिश्चित वडा घोषणा भएको छ । तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानीलाई शुक्रबार पूर्ण संस्थागत सुत्केरी तथा पूर्ण पोख सुनिश्चित वडा घोषणा गरिएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले हरेक नागरिकलाई सहज स्वास्थ्यको पहुँचमा ल्याउन लागि रहेको बताए । भौगोलिक हिसाबले विकटमा रहेको नर्जाखानी पूर्ण संस्थागत सुत्केरी र पूर्ण खोप सुनिश्चित वडा घोषणा हुुनु सामान्य नभएको भन्दै यसका लागि आफूहरु निरन्तर लाग्दै आएको उनको भनाइ छ । मानिस स्वस्थ्य भएपछि मात्रै समाज रुपान्तरण हुने हुँदा गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको अध्यक्ष बुढाले बताए ।

    tyu.jpg

    गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले गाउँका सबै महिलाहरु स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन थालेपछि सुत्केरी हुने समयमा आउन सक्न संभावित समस्याहरु समाधान हुँदै गएको बताइन् । पछिल्लो समय आमाहरु सचेत बन्दै गएपछि बालबालिकाले पनि समयमै पाउनु पर्ने खोप पाएको उनको भनाइ छ ।

    कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक छन्त्यालले कार्यक्रमको उद्देश्य र औचित्य बारे प्रस्टाएका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्य, जिल्ला समन्वय सदस्य टेकबहादुर अर्गेजा, सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर ३ का अध्यक्ष, झकबहादुर बुढा लगायतका जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रम तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्रबहादुर छन्त्यालको अध्यक्षता, नर्जखानी आधारभूत सेवा केन्द्रकी अनमी रञ्जना घर्तीको स्वागत र वडा सचिव गरिमा हर्मेलको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार