बागलुङ : बागलुङको तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि ३१ करोड ६२ हजार २५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
उपाध्यक्ष हिराकुमारी छन्त्यालले प्रस्तुत गरेको बजेटमा सामाजिक विकास तर्फ ४ करोड ३२ लाख ५ हजार ६ सय, आर्थिक विकास तर्फ ९७ लाख, ६६ हजार ६ सय, पूर्वाधार विकास तर्फ ३ करोड ९२ लाख ५० हजार, वन वातावरण तथा विपद ३५ लाख ५८ हजार ३ सय र सुशासन तथा संस्थागत विकास तर्फ ३५ लाख गरी कुल ९ करोड ७४ लाख ८० हजार ५ सय विनियोजन भएको छ ।
स्वास्थ्य तर्फ १ करोड १९ लाख शिक्षा युवा तथा खेलकुद तर्फ २ करोड ४० लाख, सडक तथा यातायात तर्फ ६० लाख, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ३५ ला रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
विनियोजित बजेट मध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ६ करोड ९६ लाख, राजश्व बाँडफाँडबाट प्राप्त हुने ७ करोड १२ लाख, संघीय सशर्त अनुदान ११ करोड ६६ लाख ९५ हजार, विशेष अनुदान १ करोड ६० लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ७० लाख ८६ हजार, राजश्व बाँडफाँडबाट प्राप्त हुने ३५ लाख ८० हजार, समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख विशेष अनुदान ४० लाख र पालिकाको आन्तरिक राजश्वबाट ३८ लाख संकलन हुने अनुमानित बजेट प्रस्तुत गरिएको हो ।