चर्चा बटुल्दै ‘माया आउने बस’

चर्चा बटुल्दै ‘माया आउने बस’

  • कार्तिक ४, २०८१ आइतवार
  • ०९:३७:१५ बजे
  • 3.0K
    SHARES
  • चर्चा बटुल्दै ‘माया आउने बस’

    बागलुङ : सार्वजनिक भएको केही दिनै ‘माया आउने बस’ले चर्चा पाएको छ । मोडल अनिल पौडेलले बजारमा ल्याएको गीतले अहिले टिकटक लगायतको सामाजिक सञ्जालमा चर्चा पाएको हो । १० दिन अगाडि मात्रै सार्वजनिक भएको गीतले यो समाचार तयार पार्दासम्म ९ लाख २० हजार बढी युट्वुबमा दर्शकको भ्यूज पाएको छ ।

    नेत्र अर्यालको शब्द, दिप्लभ खातीको संगीत तथा देवी घर्ती र दिप्लभ खातीको आवाजमा रहेको गीतको म्यूजिक भिडियो भने विनोद भण्डारिको निर्देशन गरेका छन् । उक्त गीतमा अनिल पौडेल र जुना विश्वकर्माको अभिनय रहेको छ । मोडल पौडेल र गायक खाती दुवै जना बागलुङको निसीखोलाका हुन् ।

    गीत ‘अनिल पौडेल’ युट्वुब च्यानलमार्फत बजारमा आएको छ । मोडल पौडेलले यसभन्दा अगाडि पनि धेरै गीतमा अभिनय गरि सकेका छन् भने गायक खातीले पनि धेरै गीतमा स्वराङ्कन गरेका छन् । 

    भिडियो तलको लिङ्कमा छ ।

  • सम्बन्धित विषय:

  • # माया आउने बस

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार