स्थानीय पर्यटन पूर्वाधार विकासमा ध्यान दिन्छु—पर्यटनमन्त्री पाण्डे

स्थानीय पर्यटन पूर्वाधार विकासमा ध्यान दिन्छु—पर्यटनमन्त्री पाण्डे

  • माघ २०, २०८१ आइतवार
  • ०६:४३:०६ बजे
  • 1.1K
    SHARES
  • बागलुङ : नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले ग्रामिण क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासमा सरकारले ध्यान दिने बताएका छन् । शनिबार काठेखोला गाउँपालिका—८ लेखानीको वडा भेला उद्घाटन गर्दै मन्त्री पाण्डेले सकारले पर्यटन प्रवद्र्धन र विकासमा उच्च प्राथमिकता दिएर लागेको बताए ।

     ‘ग्रामिण क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नका लागि सरकारले ध्यान दिईरहेको छ,’उनले भने,‘यस क्षेत्रको विकासका लागि मैले मेरो मन्त्रालय र आफ्नो बलबुताले सक्ने जति सबै सहयोग गर्नेछु ।’ उनले लेखानीको हलहलेदेखि गाजाधुरीसम्म पदमार्ग निर्माण तथा लेखानीमा निर्माणाधीन बौद्ध विहारलाई पूर्ण दिने कुरामा सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘यहाँका तमाम सम्भावनाहरुको बारेमा यहाँहरुले मलाई अवगत गराउनुभयो,’उनी भन्छन्,‘अन्य क्षेत्रको विकासका लागि मैले आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्नेछु ।’

     मन्त्री पाण्डेले देशका ६ हजार वडाहरुमा सार्जनिक वडा भेला गरेर नागरिकको गुनासो र सुझाव लिने गरेको पहिलो वडाको रुपमा आफुले देखेको बताए । ‘वडा कार्यालयले यो देशमै नमुना कार्यक्रम गरेको छ, मैले यस्तो कार्यक्रम गरेको अन्यत्र देखेको थिएन,’उनले भने,‘यसले पारदर्शिता र जवाफदेहितासंगै जनतासंग साक्षात्कार गरेर काम गर्दा सहज र राम्रो पनि हुन्छ ।’ कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्का, दीपेन्द्र थापा, डिल्लीराम सुवेदी, पूर्व सांसद गोविन्द शर्मा कँडेल, काठेखोला गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा तिलक लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

    Lekhani.heic :To download file click hereकाठेखोला गाउँपालिका—८ लेखानीका वडाध्यक्ष परमानन्द कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यपालिका सदस्य पूर्णमाया सुनार र सञ्चालन वडा सदस्य मोम रोका मगरले गरेका थिए । कार्यक्रममा वरिष्ठ समाजसेवी एवं लेखानीका पूर्व गाविस अध्यक्ष दिलबहादुर छन्त्याललाई अभिनन्दन गरिएको थियो ।

    लेखानीको सरसफाईमा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको साविक वडा नम्बर ४ को आमा समुह र लेखानीको विकास र सामाजिक क्षेत्रमा योगदान पु¥याएको गाजा डेभलपमेन्ट फाउण्डेसनलाई सम्मान गरिएको थियो । उक्त अवसरमा वडाध्यक्ष कँडेलले वडाको तर्फबाट मन्त्री पाण्डेलाई विभिन्न मागपत्र पेश गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # पर्यटन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार