सामाजिक कार्य

सामाजिक काममा सक्रिय बन्दै लायन्स क्लब अफ निसीखोला

सामाजिक काममा सक्रिय बन्दै लायन्स क्लब अफ निसीखोला

  • मंसिर २, २०८२ मंगलवार
  • १०:०२:५८ बजे
  • 3.7K
    SHARES
  • सामाजिक काममा सक्रिय बन्दै लायन्स क्लब अफ निसीखोला

    बगलुङ : बागलुङको निसीखोला गाउँपालिकामा पछिल्लो समय लायन्स क्लब अफ सक्रिय बन्दै गएको छ । क्लवले दुःखी, गरिब र न्यून आर्थिक आय भएका नागरिकलाई सहयोग गर्दै आएको छ । आर्थिक अभावमा गास, बास र कपासको जोहो गर्न नसकेका र विभिन्न विपदमा परेकाहरुलाई सहयोग गर्न थालेको हो ।

    क्लवले केही दिन अगाडि मात्रै निसीखोला गाउँपालिका–४ बडाचौरकी पुनिकला कुँवरलाई रु ३० हजार बराबरको सामान उपलब्ध गराएको छ । गत कात्तिक २४ गते आगलागीमा परेर घर पूर्ण रुपमा नष्ट हुँदा घरविहीन बनेको कुँवर परिवारलाई खाद्यान्नसहित लत्ताकपडा सहयोग गरेको क्लवका अध्यक्ष अशोक कार्कीले जानकारी दिए ।

    त्यस्तै कात्तिक ३० गते पनि निसीखोला गाउँपालिका–३ का ओमबहादुर पुनको उपचारका लागि रु १० हजार सहयोग गरेको उनको भनाइ छ । खुट्टा भाँचिएर उपचारका लागि मिसन अस्पताल पाल्पामा उपचाररत पुनको आर्थिक अवस्था कमजोर हुँदा उपचार प्रभावित बनेपछि क्लवले सहयोग गरेको अध्यक्ष कार्कीले बताए ।

    क्लवले कार्तिक दोस्रो साता पनि निसीखोला गाउँपालिका–१ पाखापानीका अग्नीपीडित हुमबहादुर विकको परिवारलाई रु ५० पचास हजार बराबरको राहत सामग्री सहयोग गरेको थियो । गत कार्तिक ८ गते विकको घरमा अचानक घरमा आगलागी हुँदा जलेर नष्ट भएको थियो । खाद्यन्न तथा लत्ता कपडा भाँडाहरू सबै जलेर नष्ट भएपछि क्लवले  भाँडाकुँडासहित आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष कार्कीले जानकारी दिए । 

     

  • सम्बन्धित विषय:

  • # लायन्स क्लब

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार