खेलकुद

बागलुङ महोत्सव २०८२ : पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा

बागलुङ महोत्सव २०८२ : पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा

  • पौष २०, २०८२ आइतवार
  • ०८:५७:१३ बजे
  • 1.3K
    SHARES
  • बागलुङ महोत्सव २०८२ : पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा

    बागलुङ : बागलुङमा जारी आठौँ बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । शनिबार क्वाटर फाइनल खेल सकिएपछि सेमिफाइनल खेल समुहको टुङ्गो लागेको हो । शनिबार भएको दोस्रो खेलमा मेरो डेन्टल होमले रायडाँडा खेलकुद विकास समिति बागलुङ नगरपालिका—११ बागलुङलाई सहजै पाखा लगाउँदै सेमिफाईनल पुग्यो ।

    बागलुङ नगरपालिका-१ बाङ्गेचौरस्थीत भलिबल कोर्टमा भएको खेलमा मेरो डेन्टल होमलले रायडाँडा खेलकुद विकास समितिलाई २५-२३, २५-१३ र २५-२२ को स्कोरमा जित निकाल्दै सेमिफाइनल पुगेको हो । शनिबार बिहान भएको दोस्रो खेलमा गलकोट नगरपालिकाले काठेखोला गाउँपालिकालाई पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

    पहिलो सेटमा काठेखोला गाउँपालिकाले उत्साहपूर्ण जित निकाले पनि त्यसपछि भने गलकोट हाबी भयो । पहिलो सेट काठेखोलाले २५-१९ मा जित्न सफल भयो । पहिलो सेट सहजै गुमाएको गलकोट नगरपालिका दोस्रो सेटमा भने आक्रामक बनेर निस्कीयो । दोस्रो २५-१७, तेस्रो सेट २५-१९ र चौथो सेट २५-१९ ले जित्न सफल भयो ।
     पहिलो सेट गुमाएपछि लगातार तीन सेट जित्दै गलकोटले सेमिफाईनलको यात्रा पक्का गरेको छ । शनिबार नै भएको तेस्रो खेलमा कुस्मा नगरपालिका पर्वतले नेपाल विद्यार्थी संघ बागलुङलाई सोझो सेटमा पन्छाउँदै सेमिफाइनलमा पुगेको छ । कुस्मा नगरपालिकाले नेपाल विद्यार्थी संघ बागलुङलाई पहिलो सेटमा २५-१७ दोस्रो सेटमा २८-२६ र तेस्रो सेटमा २५-१९ ले जित हात पारेको हो ।

    बागलुङ नगरपालिका-८ सिगानाका खेलाडी सम्मिलित नेविसंघ बागलुङलाई पर्वत पकुवाका खेलाडी समावेश रहेको कुस्मा नगरपालिकाले पराजित गरेको हो । बाई पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेको मालिका युथ क्लब प्रतियोगितामा खेल्न नआएपछि होटल समिट बागलुङले भने सोझै सेमिफाइनलमा प्रवेश पाएको आठौँ बागलुङ महोत्सव २०८२ का पुरुष भलिबल प्रतियोगिता संयोजक अकिलबहादुर क्षेत्री ध्रुबले जानकारी दिए ।

    आईतबार पहिलो सेमिफाईनल खेल गलकोट नगरपालिका विरुद्ध कुस्मा नगरपालिका र दोस्रो खेल मेरो डेन्टल होम विरुद्ध होटल समिटबीच सञ्चालन हुनेछ । सेमिफाइनल खेल आईतबार बिहान ८ बजेबाट सुरु हुने रेफ्री संयोजक किशोर थापाले बताए । बागलुङ महोत्सवको मुख्य आकर्षण रहेको पुरुष भलिबल प्रतियोगितामा विभिन्न १४ समुहले भाग लिएकोमा जैमिनी नगरपालिका र मालिका युथ क्लब अन्तिम समयमा खेल मैदानमा उपस्थीत भएनन् ।

    गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सम्बन्धित पालिका र जिल्ला बाहिर गण्डकी प्रदेशका २ जना खेलाडी टिममा समावेश गर्न पाईने भएकाले खेल निकै नै रोचक हुने अनुमान गरिएको छ । प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडी एउटै पालिकाको हुनुपर्ने र दुई जना मात्रै सम्बन्धित पालिका रहेको भन्दा बाहिरी जिल्ला गण्डकी प्रदेश भित्रको हुनुपर्ने आयोजकले जनाएको छ ।

    प्रतियोगितमा गण्डकी प्रदेशबाट राष्ट्रिय प्रतियोगितामै नाम कमाउन सफल हिमाल सुनारीलगायत खेलाडीलाई ल्याउनका लागि बागलुङका टिमले आफ्नो समुहमा नाम दर्ता गराएका छन् । गलकोट नगरपालिकाकाको टिमले नवलपुरका विश्वास अधिकारीलाई टिममा समावेश गरेको छ । यी दुबै टिम सेमिफाईनलमा पुगेकाले बाहिरी जिल्लाका यी खेलाडीहरु आईतबार मैदानमा देख्न पाउनसक्ने दर्शकको अपेक्षा छ ।

    प्रतियोगितामा उपाधि विजेता टिमले नगद २ लाख १ हजार ५ सय, द्वितीय हुनेले नगद १ लाख २१ हजार ५ सय, तृतीयल ४४ हजार ५ सय र सान्त्वना हुने टिमले २२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । साथमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने सबै समुहलाई मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

    महोत्सवमा खुल्ला राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भाले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैटोफोर प्रतियोगितालगायत विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती आयोजना गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # बागलुङ महोत्सव

  • संगम घर्तीमगर

    उहाँ बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सम्बन्धित समाचार