विपद्मा सहयाेग

भोटेकोशी बाढी पीडितलाई बागलुङका ८ स्थानीय तहकाे  २९ लाख ७० हजार सहयोग

भोटेकोशी बाढी पीडितलाई बागलुङका ८ स्थानीय तहकाे  २९ लाख ७० हजार सहयोग

  • भाद्र १४, २०८३ आइतवार
  • ०७:२५:२२ बजे
  • 896
    SHARES
  • भोटेकोशी बाढी पीडितलाई बागलुङका ८ स्थानीय तहकाे  २९ लाख ७० हजार सहयोग

    बागलुङ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्धार र राहतका लागि बागलुङका ८ पालिकाले २९ लाख ७० हजार रुपैयाँ सहयोग गर्ने भएका छन् ।

    बाढीले पुर्‍याएको ठूलो मानवीय तथा भौतिक संरचनाको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढी पीडितको उद्धार र राहतको लागि पालिका, जनप्रतिनिधि र कर्मचारीबाट रकम संकलन गरेर सहयोग गर्न थालेका हुन् ।

    गलकोट नगरपालिकाले छ लाख ७० हजार, बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाले पाँच/पाँच लाख, निसीखोला गाउँपालिकाले ३ लाख, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिकाले दुई/ दुई  लाख  र  जैमिनी नगरपालिकाले एक लाख सहयोग गर्ने भएका छन् ।

  • सम्बन्धित विषय:

  • # बाढी पीडित

  • नवराज नेपाली

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार