यस वर्ष कानाबगरमा तिज मेला नहुने

यस वर्ष कानाबगरमा तिज मेला नहुने

  • भाद्र १५, २०८३ सोमवार
  • ०७:५५:२२ बजे
  • 1.2K
    SHARES
  • यस वर्ष कानाबगरमा तिज मेला नहुने

    बागलुङ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका प्रभावित नागरिकका लागि बृहस्पति युवा क्लवले २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । क्लवले निसीखोला गाउँपालिका–४ कानाबगरमा आयोजना गर्दै आएको वर्षौ पुरानो तिज मेलासमेत स्थगन गर्ने भएको हो ।

    क्लवले आगामी भदौ २९ गतेदेखि सांस्कृति तथा खेलकुद कार्यक्रम गर्ने तय गरे पनि बाढीका कारण सयौँ नागरिक विपद्मा परेको हुँदा कार्यक्रम स्थगन गरेको मेला संयोजक मिलन हमालले जानकारी दिए । मेलामा हुने खर्च कटाएर क्वलले पीडितको उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ जम्मा गरिदिने उनको भनाइ छ ।

    आइतबार बसेको क्लवको बैठकले भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा तथा आसपासका क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत रकम सहयोग गर्ने र तिज मेला स्थगन गर्ने निर्णय गरेको क्लव अध्यक्ष लोकिश्वर भूषालले जानकारी दिए । 

    अध्यक्ष भूषालका अनुसार प्राकृतिक विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक संस्थाको दायित्व भएकाले सरकार तथा सम्बन्धित निकायलाई राहत र उद्धार कार्यमा सहयोग पुग्ने गरी विपद् कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # तिज मेला

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार