images
images

ढुवाँखोरमा लायन्स क्लव अफ निसीखोलाको सचिवालय उद्घाटन

ढुवाँखोरमा लायन्स क्लव अफ निसीखोलाको सचिवालय उद्घाटन

  • कार्तिक ३०, २०८३ आइतवार
  • १७:५९:३२ बजे
  • 586
    SHARES
  • ढुवाँखोरमा लायन्स क्लव अफ निसीखोलाको सचिवालय उद्घाटन

    बागलुङ । लायन्स क्लव अफ निसीखोलाको सचिवालय उद्घाटन गरिएको छ। आइतबार निसीखोला गाउँपालिका–३ ढुवाँखोरमा सचिवालय उद्घाटन गरिएकाे हाे । उद्घाटन कार्यक्रममा बाेल्दै लायन्स जोन पर्सन तेजेन्द्र खत्रीले लायन्स क्लव केवल एउटा संस्था मात्र नभई सफा सोच, स्वच्छ मन र इमानदारीपूर्वक कर्म गर्दै समाजसेवा गर्ने उद्देश्य बोकेका व्यक्तिहरू जोडिने साझा अभियान भएको बताए ।

    उनले लायन्स क्लवको लोगो र पोसाकको आफ्नै महत्व, पहिचान र गरिमा रहेको उल्लेख गर्दै यसको प्रयोगमा मर्यादा कायम राख्नुपर्नेमा जोड दिए। क्लबको लोगो तथा पोसाक जोकोहीले अनुमति बिना प्रयोग गर्न नमिल्ने भन्दै यसको संस्थागत पहिचान र गरिमालाई जोगाउन सबै सदस्य जिम्मेवार हुनुपर्ने बताए।

    कार्यक्रममा लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष हेमेन्द्र घर्ती, लायन्स क्लब अफ बुर्तिबाङका अध्यक्ष मनु कुँवरलगायतले नवस्थापित क्लबको सफलताको कामना गरे। लायन्स क्लवले समाजमा सकारात्मक सोचको विकास गर्दै मानवीय सेवा र सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै निसीखोलामा स्थापना भएको क्लवले पनि आगामी दिनमा समाजसेवाका गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरे ।

    कार्यक्रम लायन्स क्लव अफ निसीखोलाका अध्यक्ष अशोक कार्कीको अध्यक्षतामा र सचिव शिव कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    सामाजिक कार्यमा सक्रिय बन्दै क्लव

    क्लवले  गत असोज ११ गते निसीखोलामा गएको बाढी पहिरोका कारण पीडित बनेका परिवारलाई सहयाेग समेत गरेकाे छ । क्लवले सहयाेग अभियान चलाएर उठेको रकमबाट ३९ वटा घर परिवारहरूलाई पाँच लाख रुपैयाँ बराबरको सहयोग गरेकाे अध्यक्ष कार्कीले जानकारी दिए । लायन्स क्लव इन्टरनेशनल ३२ ५के नेपाल अन्तर्गत LCIF बाट पनि आएको चामल, दाल, तेल, नुन, जिरा, बेसार, ब्ल्याङ्केट, डसना, बाल्टी  लगायतका सामग्री हस्तान्तरण गरेकाे हाे ।

    म.jpg

    क्लवले निसीखाेला क्षेत्रमा हुने विपदजन्य घटनामा परि पीडित बनेका परिवारलाई यसभन्दा अगाडि धेरै सहयाेग गरेकाे उनकाे भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # लायन्स क्लव

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार