दिपेन्द्र परियार, बागलुङ : बरेङ गाँउपालिकाले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको पहुचमा पु¥याउन स्थानीय तहको समेत दायित्व रहेको भन्दै विद्यालय तहबाट योजना कार्यान्वन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
‘हाम्रो बरेङ स्वस्थ बरेङ’ भन्ने लक्ष्यलाई सार्थक तुल्याउन विद्यार्थी स्वास्थ्य परिक्षण सञ्चालन गर्न लागेको गाँउपालिका का प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए ।
स्वास्थ्यकर्मीहरुले विद्यार्थीको रक्तचाप, ज्वरो, तौल र उचाई, आँखाको दृष्टि तथा कानको श्रवण शक्ती परिक्षण गर्नुका साथै विद्यार्थीको आवश्यकता अनुसार स्वास्थ्य परामर्श दिने छन् ।
यो कार्यक्रमले प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई समेट्ने छ । गाउँपालिकाले हरेक वर्ष नयाँ–नयाँ कार्यक्रमहरु ल्याइरहेको छ ।