बागलुङको बिहुँमा चोरीका घटना बढ्दै 

बागलुङको बिहुँमा चोरीका घटना बढ्दै 

  • माघ ३, २०७७ शनिवार
  • २०:४७:२५ बजे
  • 6.4K
    SHARES
  • बागलुङको बिहुँमा चोरीका घटना बढ्दै 

    भरतप्रसाद सापकोटा

    बागलुङ : जिल्लाको काँठेखोला गाउँपालिका— ५ काउले का ५ घरको ताला फोडि चोरी गरिएको छ ।

    गयराति घरमा मान्छे नभएको मौका पारी चोरी गरेको प्रहरी चौकी धम्जा÷बिहुँले जानकारी दिईएको छ । काठेखोला—५ काउलेका भिमबहादुर परियार  परिवार सबै  गल्कोट बिहेमा गएको मौका पारी छोरीका  गहना तथा नगद गरी एक लाख ८२ हजार  रुपयाँ चोरी भएको छ ।

    काउले निवासी गंगाबहादुर दर्जीको घरमा आधा तोला भन्दा केही कम सुन चोरी भएको र काँठेखोला—५ थामडाँडा अमृत श्रीसको घरबाट डेढ तोला सुन चोरी भएको छ ।

    शंकर परियार, गोपाल विक, चुडामणी कँडेलको घरमा ताला फोडिएको तर चोरी नभएको प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङले जानकारी दिए । 

    कांठेखोला ५ र ६ वडामा चोरी घटनाहरु तिब्र रुपले बढिरहँदा प्रहरीलाई चोर पत्ता लगाउन सकस परेको देखिन्छ ।

    अघिल्लो वर्ष काँठेखोला ५ लामखुङ्, केही महिना अघि बिहुँ ५ लामरातिमा मणिभद्र कँडेलको घरमा पनि ठूलै रकम चोरी भएको उजुरी परे पनि ती घटनामा संलग्न कसैलाई प्रहरीले पक्राउन गर्न सकेको छैन ।  आखिर यस्ता घटनाहरु भईरहँदा पनि घटना नियन्त्र गर्न प्रहरीलाई सास्ती नै परेको देखिन्छ ।

    चोरी लगायत सामाजिक अपराध नियन्त्रण गर्न प्रहरीलाई मात्र दोष लगाउने ठाउँ भने देखिदैन् । 

  • सम्बन्धित विषय:

  • # बिहुँ
  • # चोरी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार