बागलुङ : बागलुङमा थप चार जनामा कोरोना संक्रमण देखिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको कोरोना परिक्षणमा धौलागिरि अस्पताल, बागलुङ नगरपालिकाका कर्मचारी तथा शिकक सहित चार जनामा कोराना पुष्टी भएको स्वास्थ्य कार्यालय
बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरले बताए ।
बुधबार कोरोना संक्रमण पुस्टी हुने धौलागिरि अस्पतालमा कार्यरत ३० वर्षीय कार्यालय सहयोगी महिला रहेकी छिन् ।
बागलुङ नगरपालिका—१ की एक जना महिला शिक्षक, बागलुङ नगरपालिका—२ को कार्यालयमा काम गर्ने एक
जना कर्मचारी र आल्मुनियम उद्योगमा काम गर्ने १९ वर्षको पुरुष पनि कोरोना संक्रमण पुष्टी भएको घिमिरेले बताए ।
उनीहरु सबै कन्ट्याक ट्रेसिङबाट संक्रमित भएका हुन् ।