काठेखोलामा युवा लक्षित मिनिटेलर हलो मर्मत तथा कृष्टल गहना निर्माण तालिम

काठेखोलामा युवा लक्षित मिनिटेलर हलो मर्मत तथा कृष्टल गहना निर्माण तालिम

  • माघ ५, २०७७ सोमवार
  • ०७:५३:३२ बजे
  • 7.5K
    SHARES
  • काठेखोलामा युवा लक्षित मिनिटेलर हलो मर्मत तथा कृष्टल गहना निर्माण तालिम

    बागलुङ : काठेखोलामा युवा लक्षित मिनिटेलर हलो मर्मत तथा कृष्टल गहना निर्माण तालिम संचालन भएको छ ।

    जनसेवा सामुदायिक सिकाइ केन्द्र पालाको आयोजना, काठेखोला गाउँपालिकाको समन्वय तथा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पर्वतको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त तालिम सुरु भएको हो । 

    तालिममा काठेखोला र बरेङ गाउँपालिकाका ४० जनाको सहभागिता रहेको छ भने कृष्टल गहना निर्माणमा २० जना महिलाहरुको सहभागिता रहेको छ । 

    उक्त मर्मत तालिम १५ दिनसम्म चल्ने र महिला लक्षित कृष्टल गहना तालिम ३२ दिनसम्म चल्ने सिकाइ केन्द्रका अध्यक्ष खडक थापाले बताए ।

    आइतबारदेखि शुरू भएको तालिमको उद्घाटन काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले गरेका थिए । 
    उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले

    तालिममा सिकेको सिप कहिल्यै पनि नहराउने हुनाले सिकेको सिपलाई उचित रुपमा प्रयोगमा ल्याइ स्वरोजगार बन्न आग्रह गरेका छन् । 

    तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य टिका संगम विकले शुभकामना मन्तव्य राखेका थिए । 

    त्यस्तै तालिमको उद्देश्य सहित कार्यक्रमको बारेमा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र का प्रमुख डम्मर जिसीले जानकारी गराएका थिए ।

    वडा अध्यक्ष खडक थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तालिम केन्द्र पर्वतका अधिकृत प्रकाश पौडेल र संचालन रन बहादुर थापाले गरेका थिए ।

    सम्बन्धित समाचार