सुवास आचार्य, बागलुङ : नेपालमा सबै भन्दा बढी सहकारी एकिकरण गर्न सफल बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी सस्थाले जिल्लाको तमानखोला गाँउपालिकामा सदस्य सेवा केन्द्र स्थापना गरेको छ ।
तमानखोलाका नागरिकलाई वित्तिय पहुँच पु¥याउन गाँउपालिकाको केन्द्र बोङ्गादोभानमा सदस्य सेवा केन्द्र स्थापना गरिएको हो । साविक धौलागिरी अञ्चल कार्यक्षेत्र रहेको सहकारीले बागलुङका सबै स्थानीय तहमा सेवा पु¥याउने
उद्देश्यले १३ औँ शाखा तमानखोलामा स्थापना गरेको छ । सदस्य सेवा केन्द्रको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष जोकला बुढा मगरले बाकसमा भएको पूँजी चलायमान गराउन सके मात्रै आर्थिक उन्नति हुने बताए ।
पैसा गोजी र बाकसमा राखेर मात्रै धनी बन्न नसक्ने भएकोले पूँजीलाई चलायमान बनाउदै आर्थिक उन्नतिमा लाग्नुपर्ने अध्यक्ष बुढा मगरको भनाई छ । काम गर्ने इच्छा शक्ति भएमा अवको दिनमा पूँजीको अभाव नहुने बताए ।
सिवाईसी बचत तथा ऋण सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तमानखोला गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष थमवहादुर रोका, वडा नम्वर ५ का वडा
अध्यक्ष हिरा बहादुर सिर्पाली, सिवाईसी बचत तथा ऋण सहकारीका संचालन समिति सदस्य मेषलाल शर्मा, पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सहकारीका संचार उपसमिति सदस्य राजेशचन्द्र राजभण्डारी लगाएतले मन्तव्य राखेका थिए ।
सिवाईसी वचत तथा ऋण सहकारी संस्था तमानखोला सदस्य सेवा केन्द्र संचालन सथा व्यवस्थापन उपसमितिका चूडामणि छन्त्यालले स्वागत गरेकोे कार्यक्रमको संचालन सचिव ध्रुर्व शेरचनले गरेका थिए ।
सहकारीले यही माघ महिना भित्र पर्वत, म्याग्दीमा समेत सेवा केन्द्र विस्तार गर्ने जनाएको छ । चालु आर्थिक वर्षमा ३ जिल्लाका १९ स्थानमा सेवा केन्द्र विस्तार गर्ने तयारी गरेको छ ।
धौलागिरि अञ्चललाई कार्य क्षेत्र बनाइ अहिलेसम्म ३० वटा सहकारी बिच एकीकरण गरिसकेको सहकारीले स्वदेश मै काम गर्ने युवा जनशक्तिलाई सहुलियत दरमा ऋण प्रवाह गरिरहेको सहकारीका अध्यक्ष पौडेलले बताइ ।
सहकारीमा दोहोरो सदस्यताको अन्त्य गरी छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै एक सक्षम र सवल सहकारी स्थापना गरी सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ एकिकरण अभियानलाई तिब्रता दिएको हो ।
सहकारीमा १३ हजार २ सय जना शेयर सदस्य, २३ करोड ३० लाख शेयर पुजी र कुल पूजि तथा दायित्व १ अर्व ७० करोड पुगेको छ ।
कुल बचत १ अरब २६ करोड रहेको सस्थाको लगानीमा रहेको ऋण ९७ करोड २९ लाख छ भने सहकारीको सस्थागत पुजी ७ करोड रहेको सस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले बताए ।
६३ जना कर्मचारी मार्फत १३ ठाउवाट सेवा दिन सुरु गरेको छ । सहकारीले १९ प्रकारका बचत सुविधा, १९ प्रकारका ऋण सुविधा दिँदै आएको यो सहकारीले ३६५ दिन नै सदस्यलाई सेवा प्रदान गर्ने गरेको छ ।
एटिएम ,मोवाईल वैकिङ, इटेलर ,क्युआर कोड मिष्डकल वैकिङ,ट्यावलेट वैकिंङ,रेमिट्न्स लगाएतका डिजिटल प्रविधिबाट समेत सदस्यलाई सेवा दिदै आएको छ ।