पूर्णभद्र निउरे, ताराखोला : ताराखोलाका एक व्यक्ती ४ दिनदेखि सम्पर्कबिहीन बनेका छन् ।
ताराखोला गाउँपालिका वडा नम्बर ५ करिमेलाका ६८ वर्षीय टेकमान घर्ती निसीखोला गाउँपालिका वडा नम्बर ५ मधुबाङ्बा सम्पर्कबिहिन भएको परिवारले जनाएको छ ।
घर्ती ४ गते बेलुकी खाना खाएर सुतेको र राती १२ बजेपछि सुतेको ठाउँमा नभएको मन प्रसाद घर्तीले जानकारी दिए ।
उनीसंगै ताराखोलाका अन्य १२ जना २ महिना अघिदेखि निसीखोलामा घर बनाउने काम गर्दै आइरहेको बताइएको छ ।
आफन्तहरुको घर तथा विभिन्न ठाउँहरुमा सोधपुछ तथा खोजी गरे पनि केही जानकारी नपाएपछि स्थानीय प्रहरी कार्यालयमा समेत खोजिको लागि अनुरोध गरेको पारिवारिक स्रोतले बताएको छ ।
कहि कतै देखेमा वा भेटेमा नजिक को प्रहरी कार्यालयमा वा आफन् हरुलाइ खबर गर्न समेत परिवार ले अनुरोध गरेको छ ।