बागलुङ : नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल तरुणदल बागलुङले गाउँ–गाउँमा संगठन विस्तारको अभियान संचालन गर्ने भएको छ ।
तरुणदल जिल्ला कार्यसमिति बागलुङको शनिबार बसेको बैठकले आगामी फागुनको पहिलो सातादेखी जिल्लाका दश वटै स्थानिय तहका सवै वडामा भेला र संगठन विस्तार अभियान संचालन गर्ने निर्णय गरेको हो ।
तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’को अध्यक्षतामा बसेको बैठकले जिल्लामा तरुणदलको
संगठनलाई बलियो बनाउनका निम्ती हरेक वडा तहमा तरुणदलको गठन गर्नुका साथै भेला तथा कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको हो । बैठकले पहिलो चरणमा वडा–वडामा भेला गरेर दोस्रो चरणमा पालिका स्तरीय भेला र तेस्रो चरणमा जिल्ला भेला गर्ने निर्णय गरेको अध्यक्ष शर्माले बताए ।
‘तरुणदलको अबको अभियान गाउँगाउँ सम्म सदस्यता विस्तार र तरुण युवाहरुलाई संगठित बनाउने हो, अध्यक्ष शर्माले भने, गाउँ–गाउँमा तरुण युवालाई संगठन प्रति उत्साह जगाउनका निम्ती यो अभियान संचालन गर्ने निर्णय गरेका हौं । जिल्लामा तिन चरणमा कार्यक्रम गर्नेछौं । वडा र पालिका स्तरका भेला सकिएपछि जिल्ला स्तरीय बृहत भेला तथा सम्मेलन हुनेछ ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्र सवैधानिक ढंगले गरेको प्रतिनिधि सभा विघटनको कदम र सरकारका बेथितिलाई यसै अभियान मार्फत गाउँगाउँ सम्म भण्डाफोर समेत गर्ने जनाएका छन ।
बैठकले हरेक स्थानिय तह र वडा तहमा संगठन विस्तारका लागि जिल्लास्तरबाट प्रतिनिधि समेत खटाएको छ । जसका लागि गलकोट नगरपालिकामा जिल्ला सचिव नविन शेरचन, ताराखोला गाउँपालिकामा जिल्ला कोषाध्यक्ष देवेन्द्र कुमार घर्ति मगर, बरेङ गाउँपालिकामा जिल्ला सदस्य मिम श्रीषलाई प्रतिनिधिको रुपमा खटाएको छ ।
त्यसैगरी जैमिनी नगरपालिकामा तरुणदलका नगर अध्यक्ष, लेखबहादुर थापा रोहीत, काठेखोला गाउँपालिकामा जिल्ला सदस्य विदुर भण्डारी र गंगा थापा, बडिगाड गाउँपालिकामा जिल्ला सदस्य रमेश मल्ल र प्रदिप खरेल, ढोरपाटन नगरपालिकामा जिल्ला सदस्य कल्याण कायत, निसीखोलामा हेमराज सापकोटा र तमानखोलामा विजय बुढालाई प्रतिनिधिको रुपमा जिम्मेवारी तोकिएको जिल्ला सचिव नबिन शेरचनले जानकारी दिए ।
संगठन विस्तारकै लागि तरुणदलले बागलुङ नगरपालिकामा पनि सवै वडामा प्रतिनिधि पठाएको छ । वडा न.. १, २ र ३ मा जिल्ला सदस्य धुव्र खड्का र विमलेश आचार्य, वडा नं. ४ र ५ मा जिल्ला सदस्य महेन्द्र खड्का र
राजुप्रसाद पौडेल, वडा नं. ६ र ७ मा जिल्ला सदस्य दिलबहादुर पराजुली, वडा नं. ८, ९ र १०, ११ मा जिल्ला सदस्य यामबहादुर थापा, आमप्रकाश पौडेल र हायश्वर सुवेदी रवी र वडा नं. १२, १३ र १४ मा थमबहादुर सुवेदी, गणेश श्रेष्ठलाई जिल्ला प्रतिनिधिको रुपमा खटाईएको तरुणदलले जनाएको छ ।
बैठकले बागलुङ नगरपालिका–९ तित्याङका याम बहादुर थापालाई जिल्ला सदस्यको रुपमा मनोनित गरेको छ भने नेपाल प्रेस युनियनका जिल्ला सचिव नारायण रिजाललाई प्रेस सल्लाहकारमा मनोनित गरेको छ ।
त्यसैगरी बागलुङ नगरपालिका –२ का राजुप्रसाद पौडेल र बानपा–१४ का गणेश श्रेष्ठलाई आमन्त्रीत जिल्ला सदस्यमा मनोनित गरेको सचिव शेरचनले बताए ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने कदमको विरुद्धमा काँग्रेस केन्द्रिय समितिबाट आह्रावन गरेको आगामी माघ १९ भातृ संस्थाको प्रर्दशन तथा विरोध सभालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
जसका लागि गाउँ–गाउँबाट तरुण युवाहरुलाई विरोध तथा प्रर्दशनमा आउनका लागि आग्रह समेत गरेको छ ।