बुर्तिबाङ : नेपाल शिक्षक सघ ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका स्तरीय तेश्रो प्रतिनिध भेला निसीखोला गाउँपालिकामा सम्पन्न गरेको छ ।
ज्ञानेन्द्र मावि निसीमा आयोजित कार्यक्रममा नेपाल शिक्षक संघ निसीखोला गाउँपालिका संयोजक भक्त बहादुर केसीको अध्यक्षता, शिक्षक संघ संघीय सदस्य देवेन्द्र खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
भेलामा शिक्षक संघको विषयमा सचेतना जागृत गर्ने, संगठनलाई चुस्त बनाउने, वार्षिक आयव्याय पारित गर्ने, कार्ययोजना निर्माण गर्ने गुणस्तरीय शिक्षालाई अगाडी बढाउने लगाएयका विषयमा छलफल भएको छ ।
कार्यक्रममा शिक्षक संघको केन्द्रीय नीतिको विषयमा नेपाल शिक्षक संघका संघीय सदस्य देवेन्द्र खत्रीले प्रकाश पारेका थिए । प्रदेश सम्वन्धि कार्यक्रम सागर खरेल र जिल्ला तहको कार्ययोजनाका विषयमा जिल्ला अध्यक्ष उमाकान्त पौडेलले प्रकाश पारेका थिए ।
कार्यक्रममा कांग्रेस बागलुङका सभापति दिपेन्द्र थापा, नेपाल शिक्षक संघ गण्डकी प्रदेश महासचिव सागर खरेल, शिक्षक सँघ बागलुङका अध्यक्ष उमाकान्त पौडेल, नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष नारायण पौडेल,
नेपाल शिक्षक युनियन पुर्व अध्यक्ष गोपाल कुमार शर्मा, निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा लगाएको सहभागिता रहेको थियो ।
कार्यक्रम नेपाल शिक्षक संघ ढोरपाटन नगर संयोजक नविन जिसीको स्वागत मन्तव्य, शिक्षक संघ तमानखोला गाउँपालिका संयोजक सत्यनारायण सिंह आकाशको सञ्चालनमा सम्पन्न भएको थियो ।