काेराेना कहर

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण शर्मालाई कोरोना संक्रमण

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण शर्मालाई कोरोना संक्रमण

  • माघ २२, २०७७ बिहिवार
  • १०:२६:०४ बजे
  • 5.3K
    SHARES
  • बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण शर्मालाई कोरोना संक्रमण
    बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा

    बागलुङ : बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकाका सबै सेवा बन्द गर्ने निर्णय भएको बताइएको छ ।

    गाउँपालिकाले वडा नम्बर १ मा रहेको धुल्लु लिउवा माध्यामिक विद्यालय र धुल्लुबाँस्कोट स्वास्थ्यचौकीलाई २६ गतेसम्म बन्द गरिने भएको छ ।कोरोनाको लक्षण देखिएर पोखरा गएका शर्मालाई बुधबार संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रवक्ता नरबहादुर विकले जानकारी दिए । 

    अध्यक्ष शर्माको पोखराको मेडिपल्स अस्पतालमा उपचाररत भइरहेको प्रवक्ता विकको भनाई छ ।गाउँपालिका अध्यक्ष शर्मालाई कोरोना भएपछि बुधबार उपाध्यक्ष दिल कुमारी पुनको अध्यक्षतामा बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिकाको अत्यावश्यक बाहेकाका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

  • सम्बन्धित विषय:

  • # कृष्ण शर्मा
  • # बरेङ गाँउपालिका

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार