शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दीर्घकालीन नीतिसहित कार्यन्वयन आवश्यक छ-प्रध्यापक डा. थापा

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दीर्घकालीन नीतिसहित कार्यन्वयन आवश्यक छ-प्रध्यापक डा. थापा

  • माघ २३, २०७७ शुक्रवार
  • १९:०६:१७ बजे
  • 4.6K
    SHARES
  • शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दीर्घकालीन नीतिसहित कार्यन्वयन आवश्यक छ-प्रध्यापक डा. थापा

    बागलुङ : धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रध्यापक डाक्टर दिन बहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दीर्घकालीन नीति तयार गरी कार्यन्वयन गर्नुपर्ने बताएका छन्।

    त्यसको लागि सिकाई वातावरण, प्रविधिमैत्री शिक्षा, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाले आ आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने प्रध्यापक थापाको भनाई छ ।

    जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्मको जनहित शिक्षा कोषद्वारा आयोजित विद्यालय सुदृढीकरण सम्भावना र चुनौति विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल, नेपाली कांग्रेसका सभापति चिरञ्जीवी मरासिनी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिव होम बहादुर बस्नेत,

    जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर थापा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश, जनहित शिक्षा कोषका प्रबन्धक छुम बहादुर थापा, महिला जागरण केन्द्रका उपाध्यक्ष थुम कुमारी

    थापा, दलित सञ्जालका प्रतिनिधि राज कुमार दर्जी, बुद्धिजीवी खिम बहादुर खड्का लगायतले मन्तव्य राखेका थिए। सो अवसरमा विद्यालयका विविध विषयको प्रतिवेदन

    प्रधानध्यापक देव बहादुर खत्री र शिक्षा कोषको कार्य पत्र विद्यालयका पूर्व प्रधानध्यापक विष्णु प्रसाद गौतमले प्रस्तुत गरेका थिए । वडा स्थित राजनैतिक दलका प्रतनिधिहरु, सरोकारवाला, समाजसेवी, शिक्षाप्रेमी लगायतको

    उपस्थिति रहेको अन्तरक्रियामा गुणस्तरीय शिक्षा, शिक्षक, विद्यार्थी, अभिभावक, सिकाई वातावरण, विषयवस्तु, सिकाई प्रक्रिया, प्रतिफल, उत्तरदायित्व लगायतका विषयमा छलफल गरिएको थियो । नागरिकका लागि विद्यालय

    शिक्षा नै संस्कृति, सम्वृद्धि र सभ्यताको जग हो भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रम जनहित शिक्षा कोषका प्रबन्ध निर्देशक राज बहादुर थापाको अध्यक्षता, विद्यालयका पूर्व शिक्षक रामचन्द्र गौतमको स्वागत मन्तव्य र पूर्व विद्यार्थी खिम काजी थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # शैक्षिक गुणस्तर

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार