images
images

खाटबाट लडेर वडाध्यक्षको मृत्यु

खाटबाट लडेर वडाध्यक्षको मृत्यु

  • फाल्गुण ५, २०७७ बुधवार
  • १९:०७:२५ बजे
  • 5.1K
    SHARES
  • खाटबाट लडेर वडाध्यक्षको मृत्यु
    मृतक वडा अध्यक्ष चित्रबहादुर कानू

    नवलपुर : पूर्वी नवलपरसीको हुप्सेकोट गाउँपालिका वडा नं.१ का अध्यक्ष चित्रबहादुर कानूको आज बिहान मृत्यु भएको छ । ४५ वर्षीय कानूको बिहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् ।

    मंगरबार खाना खाएर घरमा राम्रैसँग सुतिरहेका उनी बिहान शौचालय जान बाहिर निस्किएको र पछि सुत्न लाग्दा अचानक खाटबाट लड्न पुगी बेहोस भएका थिए । बेहोस भएका उनलाई परिवारले मध्यविन्दु जिल्ला अस्पताल लगेको केही बेरमै मृत घोषणा गरेको थियो ।

    हुप्सेकोट गाउँपालिका वडा नं। १ जुगेपानी घर भएका कानूको मृत्युको शोकमा बुधबार गाउँपालिका कार्यालय र मातहतका वडा कार्यालयहरु बन्द गरिएको छ ।

    मृतक कानुङको शवलाई अन्तिम श्रद्धान्जलीको लागि बिहान गाउँपालिका कार्यालय परिसरमा राखिएको थियो । कानूको आज नै नारायणी नदीमा लगी दाहसंस्कार गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # काँग्रेस

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार