images
images

बिरामी बोकेरको जीप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते

बिरामी बोकेरको जीप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते

  • फाल्गुण १४, २०७७ शुक्रवार
  • १३:५६:२४ बजे
  • 4.5K
    SHARES
  • बिरामी बोकेरको जीप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते

    म्याग्दी : म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ फापरखेतमा बिहीबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

    मालिका गाउँपालिका वडा नम्बर ३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नम्बरको जीप सडकबाट म्याग्दी नदीमा खसेको खसेकाे प्रहरीले जनाएकाे छ ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

    रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा ल्याउदै  गरेको जीप दुर्घटना भएको हो । घाइते चालक ३० वर्षीय नरबहादुर रोकालाई पोखरा रेफर गरिएको छ ।

    यसैगरी मालिका गाउँपालिका वडा नम्बर ३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

    चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् । प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार