गलकोटकी क्यान्सर पीडित सुवेदीलाई झण्डै २० लाख आर्थिक सहयोग

गलकोटकी क्यान्सर पीडित सुवेदीलाई झण्डै २० लाख आर्थिक सहयोग

  • फाल्गुण १४, २०७७ शुक्रवार
  • १८:०१:०७ बजे
  • 11.3K
    SHARES
  • गलकोटकी क्यान्सर पीडित सुवेदीलाई झण्डै २० लाख आर्थिक सहयोग

    गलकोट : गलकोट नगरपालिका वडा नम्वर ४ की ४७ वर्षीय दुर्गा सुवेदी ‘सिता’ २०७४ सालदेखि क्यान्सर रोगबाट पीडित छिन् । शुरुमा ग्यास्ट्रीकको समस्याले पेटमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुँदै काठमाण्डौं पुगेर उपचार गराइन् । 

    उपचारको क्रममा पाठेघरको क्यान्सर पत्ता लगेपछि  डा. धुर्व गैरेको सहयोगमा विपी मेमोरीयल क्यान्सर अस्पताल भरतपुर चितवनमा भर्ना भएकी सिता ४ वर्षदेखि उपचारकै क्रममै छिन्  । आर्थिक अवस्था कमजोर भएकी सुवेदीलाई उपचारमा समस्या भयो ।

    आर्थिक समस्या भएपछि उपचारमा कठिनाई भएको खबर पाए लगत्तै निलुवा समाज चमुवा जापानको नेतृत्वमा जापान लगाएतका देश विदेशमा सुवेदी उपचार सहयोग अभियान संचालन भयो । 

    152394863_116494560366441_8282088311512023061_n.jpg

    प्रवासमा रहेका नागरिकहरुको सामाजिक संस्था गलकोट समाज जापान, गलकोट स्पोट्स क्लब जापान, गलकोट समाज क्षेत्रीय समिति कान्तो जापान, खरुवा समाज जापान, गलकोट नुवाकोट समाज जापान 

    बागलुङ समाज जापान लगाएतका संस्थाले अभियानमा ऐकेवद्धता जनाउदैं सुवेदीको उपचारमा सहयोग गरेको निलुवा समाज चमुवा जापानका अध्यक्ष थम बहादुर क्षेत्रीले जानकारी दिए । 

    प्रवासमा रहेका नागरिक तथा स्वदेशका विभिन्न्न ठाँउका नागरिकको सहयोगबाट करिब १८ लाख ४० हजार ८ सय १ रुपैया संकलन भएको अध्यक्ष क्षेत्रीले बताए । उनले सहयोग अभियानमा सहभागीलाई धन्यबाद दिए ।

    उक्त रकम गलकोट नगरपालिका वडा नम्बर ४ निलुवा पर्यटकीय क्षेत्र प्रर्वद्धन समितिमार्फत शुक्रबार क्यान्सरी पडित दुर्गा सुबेदीलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा स्थानीयले समेत सहयोग गरेका छन् ।

    समाजले ३ सय १४ जनाबाट संकलन भएको रकम सहित आजै ३७ जना स्थानीय तथा सामाजिक संघ सस्थाबाट संकलित १ लाख ६ हजार ८ सय ४५ रुपैया समेत गरि १९ लाख ४६ हजार ९ सय ५३ रुपैया हस्तान्तरण गरिएको हो । 

    पीडित सुुबेदीलाई प्रवासमा संकलित रकमको चेक तथा स्थानीय रुपमा संकलित नगद रकम गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचाले प्रदान गरेकी हुन् । उनले रोगलाई जित्न आफैमा आत्मबल र आत्म बिश्वास आवश्क रहेकोले आफुलाई कमजोर महशुस नगर्न पिडित सुवेदिलाई आग्रह गरिन् । 

    उनले सुवेदीको साथमा परिवार  संगैं समाज रहेको बताउदैं उहाँको उपचारमा  सहयोग गर्ने बिभिन्न समाज, सहयोगी मनहरु प्रति आभार समेत व्यक्त गरिन् । उनले खानपानका कारण हिजो आज ठुलो रोगको सामाना गर्नुपर्ने अवस्था नागरिकले व्यर्होनु परेको हुदाँ खानपानमा निशेष ख्याल गर्न आग्रह गरिन् ।

    2.jpg

    कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ४ का अध्यक्ष बल बहादुर खत्री, गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर विक, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मन्जु शर्मा चालिसे, 

    गलकोट बहुमुखी क्याम्पस प्रध्यापक संघका अध्यक्ष डिलाराम शर्मा, निलुवा पर्यटकिय क्षेत्र प्रर्वद्धन समितिका सल्लाकार घनश्याम शर्मा लगाएतले क्यान्सर पीडितको स्वास्थ्य लाभको कामना गरेका थिए । 

    सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रका कोषाध्यक्ष विकास सुवेदीले सहयोग दाताहरुको नमावली तथा रकम सार्वजनिक गरेका थिए । क्यान्सर पीडित परिबारको तर्फबाट बोल्दै टिकाराम शर्माले दुर्गा शर्माको उपचारको लागि आर्थिक सहयोग गर्ने सहयोगदाताहरु धन्यबाद दिए ।

    आफ्नो परिवारको सदस्यको स्वास्थ्य उपचारको लागि प्राप्त सहयोग रकम उपचारमै खर्च गर्ने प्रतिवद्धता ब्व्क्त गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रम निलुवा पर्यटकिय क्षेत्र प्रर्वद्धन समितिका अध्यक्ष ओमकार सुवेदीको अध्यक्षता, वडा सदस्य रुद्र प्रसाद सुवेदीको स्वागत तथा केन्द्रका सचिव हेमराज गैरेको संचालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक सहयोग

  • ईश्वर सुवेदी

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार