मन्दिप निउरे, ताराखोला : जिल्लाको ताराखोला गाउँपालिकामा बाढी पहिरो पीडितलाई एक कायक्रमबीच आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । ताराखोला समाज युके, त्रिशुली युवा क्लब र देउराली युवा क्लबको संयुक्त आयोजनामा गत असार २२ गतेका दिन ताराखोला गाउँपालिका
भित्र भिषण वर्षाका कारण विभिन्न ठाँउहरुमा बाढी पहिरोले ठूलो भौतिक तथा मानवीय क्षति पुराएको परिवारलाई सहयोग गरिएको हो । त्रिशुली युवा क्लब र देउराली युवा क्लबको सक्रियतामा ताराखोलादेखि पेशा व्यवसाय र रोजगारीको क्रममा युकेमा रहेकाहरुबाट ताराखोला समाज युकेमार्फत पीडित परिवारलाई राहत
संकलन गरिएको थियो । ताराखोला समाज युकेले दुई लाख २२ हजार तीन सय ३२ रुपैयाँ संकलन भएको थियो । त्रिशुली युवा क्लब र देउराली युवा क्लबले नेपालमा ३७००० हजार संकलन गरेका थिए । देउराली युवा क्लबको तर्फबाट क्लबका सदस्य ध्रुब खत्रीलाई १० हजार रुपैयाँ सहयोग गरिएको थियो ।
खत्रीको होटेल बगाएको थियो केहि राहत मिलोस भनेर क्लबको तर्फबाट सहयोग गरेको क्लबका अध्यक्ष दिपक खत्रीले बताए । ताराखोला गाउँपालिकामा १३ जना बाढी पीडित लाई एक कायक्रम को बिच हस्तान्तरण गरिएको छ ।जसमध्य चन्द बहादुर कार्की ३५ हजार,
ध्रुब खत्री ३० हजार, महेन्द कार्की २५ हजार, लिल बहादुर सुनार २०हजार, टेक बहादुर खत्री १९ हजार, कृष्णकला घर्ती १९ हजार, राजकुमारी नेपाली १९ हजार, गङ मगर १८ हजार, बमबहादुर घर्ती १८ हजार, कुमार सुनार १५ हजार, टिकाराम कामी १५ हजार, मिथे दमाई १५ हजार,
धनबहादुर थापा १० हजार क्षतिको आधारमा राहत वितरण गरिएको थियो । कायक्रमका प्रमुख अतिथी ताराखोला गाउँपालिकाकी, उपाध्यक्ष दिलकुमारी पुन रोकाले यस दुःखद घडीमा ताराखोला समाज युकेले पीडित परिवारप्रति सहयोग गरेको ताराखोला समाज युकेलाई धन्यवाद दिए ।
आफनो गास कटाएर भए पनि राहात रकम पठाउने सम्पूर्ण पदाधिकारीलाई धन्यवाद ज्ञापन गरेका थिए । ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष डिलबहादुर बस्नेतले वैदेशिक रोजगारमा रहेर जन्मभूमीमा हुने हरेक खालका विपद र सामाजिक, विकासमा सहकार्य गर्दै आइरहेको
ताराखोला समाज युकेप्रति हार्दिक धन्यवाद ज्ञापन गरे । कायक्रम देउराली युवा क्लबका अध्यक्ष दिपक खत्रीको अध्यक्षता त्रिशुली युवा क्लबका उपाध्यक्ष कर्णबहादुर भण्डारीको स्वागत मन्तव्य र त्रिशुली युवा क्लबका अध्यक्ष जीवन बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।