images
images

तमानखोलामा पिक अप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु ५ गम्भीर

तमानखोलामा पिक अप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु ५ गम्भीर

  • फाल्गुण २७, २०७७ बिहिवार
  • १४:३७:०० बजे
  • 13.3K
    SHARES
  • तमानखोलामा पिक अप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु ५ गम्भीर
    फाइल तस्बिर

    प्रतिकात्मक तस्विर

    बागलुङ : बागलुङको तमानखोला गाउँपालिका—१ मा पिक अप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाईते भएका छन् ।

    गाउँपालिकाको मुकाम रहेको बोङ्गादोभान बजारबाट तमानखोला—१ को पैरातर्फ जाँदै गरेको गाडी नम्बर ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

    उक्त दुर्घटनमा अन्य पाँच जना गम्भी घाईते भएका छन् ।

    घाईतेहरु तीन जनालाई प्रभुको हेलिकप्टरबाट पोखरा स्थीत गण्डकी अस्पतालमा उपचारका लागि पठाईएको छ भने अन्य दुई जनालाई पनि हेलिकप्टरबाट पोखरा पठाउने तयारी भएको छ ।

    चालक सहित ६ जना सवार रहेको उक्त पिकअप जिप महभिर भन्ने स्थानमा सडकबाट दुई समय मिटर तल खसेको तमानखोलाबाट झकबहादुर बुढाले जानकारी दिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय बागलुङले भने दुर्घटना भएको र घटनाको विवरण आउन बाँकी रहेको जानकारी दिएको छ । 

  • सम्बन्धित विषय:

  • # तमानखोला
  • # जीप दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार