बुर्तिबाङ : तमानखोला गाउँपालिकाले नागरिकको सहजताका लागि घुम्ती शिविर मार्फत घटना दर्ता अभियान सुरु गरेको छ । देशभरका स्थानीय तहमा घटना दर्ता अभियान सुरु भए अनुसार यहाँ पनि सुरु भएको हो ।
गाउँपालिकाले घुम्ति शिविर मार्फत टोलटोलमा पुगेर जन्म, मृत्यु, विवाह, बसाइँसराई, सम्बन्ध बिच्छेद लगायतका घटना दर्ता गरी अभिलेखिकरण गर्न सुरु गरेको हो । २०७६ पौष १६ देखि डिजिटाइजसेन प्रणाली मार्फत घटना
दर्ता प्रणाली सुरु गरेको पालिकाले फाईल धड्डामा रहेको २०६२ सालदेखिका घटना दर्तालाई डिजिटाइजेशन प्रणालीमा समावेश गरिएको तथ्याङ्क संकलन अप्रेटर जिवलाल पाध्याले बताए । हालसम्म पालिकामा
रहेका सबै वडाबाट गरी ६ हजार ४ सय २३ घटना डिजिटाइजेशन प्रणालीमा समावेश भइसकेको बताइएको छ । २०७८ बैसाख १७ गतेदेखि प्रत्येक वडाका टोलटोलमा सिविर सञ्चालन रहेन जनाइएको हो ।