काेराेना कहर

कोरोनाबाट माओवादी केन्द्रका नेता शेरमान घर्तीसहित बागलुङमा तीन जनाको मृत्यु

कोरोनाबाट माओवादी केन्द्रका नेता शेरमान घर्तीसहित बागलुङमा तीन जनाको मृत्यु

  • बैशाख ३०, २०७८ बिहिवार
  • १२:३२:०० बजे
  • 6.2K
    SHARES
  • कोरोनाबाट माओवादी केन्द्रका नेता शेरमान घर्तीसहित बागलुङमा तीन जनाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ :कोरोना संक्रमणका कारण नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता शेरमान घर्ती मगरको मृत्यु भएको छ । घर्तीको बिहिबार धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको स्वास्थ्य कार्यालय

    बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । घर्तीलाई स्वास्थ्यमा समस्या आएपछि गत १९ गते धौलागिरी अस्पताल बागलुङमा ल्याइएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    घर्तीलाई कोभिडसँगै निमोनिया र मुटुमा समस्या देखिएको अस्पतालले जनाएको छ । त्यस्तै गलकोट नगरपालिका वडा नम्बर २ का ५२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनी बैशाख २२ गते अस्पतला भर्ना

    भएको अस्पतालले जनाएको छ । बागलुङ नगरपालिका–४ बस्ने ७७ बर्षिया पुरुषको मृत्यु भएको थियो । बागलुङमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

    यो पनि पढ्नुहोस्

    कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु

    कोरोना संक्रमणबाट बागलुङमा थप एक संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ वर्षीय पुरुषको बिहिबार विहान मृत्यु भएको हो ।

    धौलागिरी अस्पतालमा बैशाख २८ गते भर्ना भएका उनको बिहिबार विहान ७ बजे मृत्यु भएकोस्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । उनी स्वास्थ्यमा समस्या आएपछि मंगलबार अस्पताल आएको घिमिरेको भनाई छ ।

    मृतक वृद्धको आज बिहान मात्रै कोरोना पोजेटिभ रिर्पोट आएको घिमिरेले बताउनुभयो । पछिल्लो केही दिन यता संक्रमितको संख्या बढि रहेको छ ।  

    सम्बन्धित समाचार