बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन कक्ष उपचाररत गलकोट नगरपालिका वडा नम्बर ३ का ६४ वर्षीय पुरुषको बिहिबार दिउँसो २ बजे मृत्यु मृत्यु भएको हो ।
कोरोनाको लक्षण देखिएपछि धौलागिरी अस्पतालमा बैशाख १७ गते भर्ना भएका उनलाई बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । योसँगै बागलुङमा एकै दिन चार जनाको मृत्यु भएको छ । बिहिबार बिहान धौलागिरी अस्पतालमा उपचाररत तीन जनाको मृत्यु भएको थियो ।
बागलुङ नगरपालिका–४ का ७७ वर्षीया पुरुष, ढोरपाटन नगरपालिका–९ का ५७ वर्षीय पुरुष र गलकोट नगरपालिका–२ का ५२ वर्षीय पुरुषको मृत्यु भएको थियो । याेसँगै कोरोना संक्रमण्बाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । संक्रमणको दर समेत बढि राखेको छ । बिहिबार मात्रै ११९ जनामा संक्रमण पुष्टि भएको छ । यो बागलुङ जिल्लामा सबैभन्दा बढी संक्रमण हो ।
याे पनि पढ्नुहाेस्
कोरोनाबाट माओवादी केन्द्रका नेता शेरमान घर्तीसहित बागलुङमा तीन जनाको मृत्यु
काेरोना संक्रमणका कारण नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता शेरमान घर्ती मगरको मृत्यु भएको छ । घर्तीको बिहिबार धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको स्वास्थ्य कार्यालय
बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । घर्तीलाई स्वास्थ्यमा समस्या आएपछि गत १९ गते धौलागिरी अस्पताल बागलुङमा ल्याइएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
घर्तीलाई कोभिडसँगै निमोनिया र मुटुमा समस्या देखिएको अस्पतालले जनाएको छ । त्यस्तै गलकोट नगरपालिका वडा नम्बर २ का ५२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनी बैशाख २२ गते अस्पतला भर्ना भएको अस्पतालले जनाएको छ । बागलुङ नगरपालिका–४ बस्ने ७७ बर्षिया पुरुषको मृत्यु भएको थियो ।