images
images

दुर्घटना

बुर्तिबाङबाट बिरामी लिएर गएको एम्बुलेन्स पाल्पामा दुर्घटना, तीन घाइते

बुर्तिबाङबाट बिरामी लिएर गएको एम्बुलेन्स पाल्पामा दुर्घटना, तीन घाइते

  • बैशाख ३१, २०७८ शुक्रवार
  • ०७:३७:२६ बजे
  • 6.6K
    SHARES
  • बुर्तिबाङबाट बिरामी लिएर गएको एम्बुलेन्स पाल्पामा दुर्घटना, तीन घाइते
    फाइल तस्बिर

     बुर्तिबाङ : बागलुङको बुर्तिबाङदेखि बुटवल जाँदै गरेको एम्बुलेन्स पाल्पाको दोभानमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । शुक्रबार बिहान ४ बजे विपरित दिशा तर्फबाट आएको ट्रकले ठक्करदिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    प्रदेश ३ ०१०२४ च ५९३० नम्बरको एम्बलेन्सलाई विपरित दिशाबाट आएको ट्रकले टक्कर दिएको प्रहरी चौकि दोभान पल्लपाका हवल्दार चुडामणी पोखरेलले जानकारी दिए । घाइते हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय सिताराम बोहोरा र अन्य दुई जना रहेका छन् । अन्य दुई जना समान्य घाइते छन् भने बोहोराको खुट्टामा चोट लागेको छ । एम्बुलेन्सले बिरामी लिएर बुटवल जाँदै गरेको बताइएको छ ।

    बोहोरा बुर्तिबाङ इमरजेन्सी फार्मेसीका संचालक हुन । उनको फर्मेसीमा आएका बिरामीलाई बुटवल रिफर गरेको र आफू पनि स्वास्थ्य सामग्री लिन जाँदा दुर्घटनामा परेको घाइते बोहोराले बताए ।

    एमबुलेन्स सामदायिक रेडियो ढोरपाटनले केही महिना अगाडी सञ्चालनमा ल्याएको थियो । घाईतेलाई तत्काल उद्धार गरी पाल्पाको तिनाउ गाउँपालिकाको एम्बलेन्समा राखेर बुटवल पठाइएको बताइको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • विनाेद विश्वकर्मा

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार