बागलुङ : नेपाली कांग्रेसका युवा नेता टेकराज पौडेलको पहलमा स्वास्थ्य मन्त्रलायबाट निसीखोला गाउँपालिकाका लागि अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री प्राप्त भएको छ । पौडेलले मन्त्रालयमा पुगेर दुई थान अक्सिजन सिलिण्डरसहित माक्स, क्लोब्स, गाउन, लगायका स्वास्थ्य सामग्रीको माग गरेपछि मन्त्रालयले केही सामग्री प्रदान गरेको छ ।
उक्त सामग्री केही दिनमै निसीखोला आउने नेता पौडेलले बताए । दुई थान, अक्सिजन सिलिण्डर, १५ सय पिस सर्जिकल माक्स, १०० पिस एन नाइन्टी फाइभ माक्स, १०० वटा गाउन, १५० जोड ग्लोप्स, ५० थान फेससिल लगायतका स्वास्थ्य सामग्री सामग्री प्राप्त भएको र केही दिनमा गाउँपालिकामा आउने उनको भनाई छ । ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखाला गाउँपालिकाको लागि स्वास्थ्य सामग्री माग गरेको र पहिलो चरणमा निसीखोलालाइ
सामग्री प्राप्त भएको र केही समय पश्चात ढोरपाटन र तमानमा पनि आउने उनले बताए । मन्त्रालयबाट प्राप्त सामग्री बाहेक अन्य थप सामग्री व्यवस्थापन गरि रहेको भन्दै केही दिनमा स्वास्थ्य सामग्री लिएर गृह पालिका आउने पौडेलको भनाई छ । उनले तीन ओटै पालिकाको लागि स्वास्थ्य सामग्री माग भइ रहेको बताए ।
‘निसी, ढोरपाटन र तमानकै लागि मैले स्वास्थ्य मन्त्रालयमा पुगेर आवश्यक स्वास्थ्य सामग्री माग गरेको थिएँ, अहिले निसीखोलालाई मात्रै प्राप्त भएको छ र केही दिनमा ढोरपाटन र तमानखालालाई पनि आउने छ’ नेता पौडेलले भने ।