निसीखोलामा एक युवती झुण्डिएको अवस्थामा मृत फेला 

निसीखोलामा एक युवती झुण्डिएको अवस्थामा मृत फेला 

  • जेठ २३, २०७८ आइतवार
  • १७:३०:२८ बजे
  • 13.3K
    SHARES
  • निसीखोलामा एक युवती झुण्डिएको अवस्थामा मृत फेला 
    फाइल तस्बिर

    बुर्तिबाङ : निसीखोलामा एक युवती झण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । जिल्लाको गाउँपालिका वडा नम्बर ३ की २३ वर्षीया सुना विक झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

    उनी घर नजिकको जंगलमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी प्रमुख वयराम वन्तले जानकारी दिए । शनिबार दिउसोदेखि हराएकी उनी आईतबार दिउसो फेला परेको प्रहरी निरीक्षक वन्ताले बताए ।

    युवतीको गत फागुनमा विवाहा भएको थियो । मृतक युवतीको को पोष्टमाटमको लागि बुर्तिबाङ प्रथामिक स्वास्थ्यकेन्द्रमा ल्याइँदै गरेको वन्तले जानकारी दिए ।

    याे पनि पढ्नुहाेस्
    निसीखोला गाउँपालिकाले जेठ ३१ मा वार्षिक परीक्षाको नजिता प्रकाशन गर्न निर्देशन

    निसीखोला गाउँपालिकाले जेठ ३१ गतेसम्म पालिका अन्तरगतका सबै विद्यालयलाई शैक्षिक सत्र २०७७ को नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको दोस्रो लहरका कारण विद्यार्थीको भौतिक उपस्थितिमा

    परिक्षा सञ्चालन गर्न नसकिने भन्दै  मुल्यांकनको  आधारमा नतिजा प्रकाशन गर्न निर्देशन गरेको हो । आवधिक मुल्याङ्कन परिक्षा र निरन्तर प्रथम र दोस्रो त्रैमासिक मुल्याङ्कको आधारमा ६० प्रतिशत, आन्तारिक मुल्याङ्कन विषय शिक्षकबाट नियमित हाजिरी २० प्रतिशत र कक्षा कार्यमा सहभागिताबाट २० प्रतिशत गरि

    ्१०० प्रतिशको नतिजा प्रकाशन गर्न गाउँपालिकाले निर्देशन दिएको हो । उल्लेखित अंक प्रतिशत सैद्धान्तिकको हकमा लागु हुने तर नतिजा तयार गर्दा  सैद्धान्तिक तथा प्रयोगात्मक दुबैको हकमा हुने बताइएको छ ।

     

  • सम्बन्धित विषय:

  • # निसीखोला गाउँपालिका

  • विनाेद विश्वकर्मा

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार