images
images

जीप दुर्घटनामा एकको मृत्यु, छ गम्भीर घाईते

जीप दुर्घटनामा एकको मृत्यु, छ गम्भीर घाईते

  • आषाढ २, २०७८ बुधवार
  • १७:०१:२५ बजे
  • 6.6K
    SHARES
  • जीप दुर्घटनामा एकको मृत्यु, छ गम्भीर घाईते

    स्याङ्जा : स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छ भने छ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा भीरकोट नगरपालिका– ३ का ३६ वर्षीय गणेश जंग अधिकारी

    रहेको प्रहरीले बताएको छ । भीरकोटको बानेथोकबाट बयारघारी आउँदै गरेको ग १ ज ४९४० नम्बरको जीप दुर्बुङठाटीको कच्ची सडक खण्डमा दुर्घटना हुँदा ७ जना घाईते भएकोमा अधिकारीको भीरकोट नगर अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र प्रसाद अधिकारीले बताए ।

    दुर्घटनामा भीरकोट नगरपालिका ३ का ३० वर्षीय मनु भन्ने विकास थापा, ४० वर्षीय रेशम परियार, ४६ वर्षीय प्रतिमा परियार, ४८ वर्षीय रुक बहादुर परियार, २८ वर्षीय सोनी श्रेष्ठ र पुतलीबजार नगरपालिका बस्ने २४

    वर्षीय दिनेश परिवार गम्भिर घाइते भएका छन् । दुर्घटनामा गम्भिर घाइते छ जना कै गण्डकी मेडिकल कलेजमा थप उपचार भैरहेको अधिकारीले बताए ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार