images
images

तमानखोला गाउँपालिकामा शून्य संक्रमित

तमानखोला गाउँपालिकामा शून्य संक्रमित

  • आषाढ ३, २०७८ बिहिवार
  • १८:५६:५३ बजे
  • 4.0K
    SHARES
  • तमानखोला गाउँपालिकामा शून्य संक्रमित

    बुर्तिबाङ : तमानखोला गाउँपालिकामा कोरोना संक्रमतिको संख्या शून्यमा झरेको छ । गत बैशाख अन्तिम हप्तादेखि हालसम्म १ सय ३९ जना संक्रमित मध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो । अन्य १ सय ३७ जना संक्रमित निको भएर घर फर्किएको  गाउँपालिकाका स्वास्थ्य शाखा सम्योजक तिलक छन्त्यालले जानकारी दिए । सक्रमित मध्ये २० जनालाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको थियो ।

    दुई जना हाल कोभिड रिर्पोट नेगेटिभ आइसकेको र दीर्घरोगी रहेका कारण अस्पपालमा उपचाररत रहेको भन्दै अन्य छन्त्यालले संक्रमितले होमआइसोलेन र गाउँपालिकाको कोभिड अस्पालबाट निको भएको बताए । गत जेठ १९ गते पोजेटिभ रिर्पोट आएका ६ जना समेत निको भएसँगै गाउँपालिकामा अब सक्रिय कोरोना संक्रमित नरहेको स्वास्थ्य सम्योजक छन्त्यालको भनाइ छ । 

    कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका र सिकिस्त बिरामीको एन्टिजेन्ट विधिबाट तत्काल रिर्पोट निकाल्ने गरिएको छ तर पछिल्लो समय त्यस्ता खालका बिरामी नभएको पाइएको छन्त्यालले बताए । 

  • सम्बन्धित विषय:

  • # तमानखोला
  • # संक्रमित

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार