गलकोट नगर प्रमुखद्वारा पहिरो प्रभावित लघुजलविद्युतको निरीक्षण 

गलकोट नगर प्रमुखद्वारा पहिरो प्रभावित लघुजलविद्युतको निरीक्षण 

  • आषाढ १८, २०७८ शुक्रवार
  • १५:१२:३८ बजे
  • 4.3K
    SHARES
  • गलकोट नगर प्रमुखद्वारा पहिरो प्रभावित लघुजलविद्युतको निरीक्षण 

    बागलुङ: जिल्लाको गल्कोट नगरपालिका का नगर प्रमुख भरत शर्मा गैरेले पहिरो प्रभावित जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् ।

    नगरपालिकाको प्राविधिक, स्थानीय जनप्रतिनिधि उपभोक्ता समिति  सहितको टोलीले  बिहीबार गल्कोट नगरपालिका —८ स्थित पहिरोको कारण अवरुद्ध भएको पचुवाखोला लघु जलविद्युत ग्रामीण विद्युतिकरण परियोजनाको  गैरेले निरीक्षण गरेका हुन् ।

    गल्कोट नगरपालिका—८ ज्यामिरे, पचुवा लगायतका करिब २ सय घरधुरीले प्रयोग गर्दै आइरहेको विद्युतको कुलो गत असार १ गतेदेखि परेको अविरल वर्षाको कारणले पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको थियो । 

    कुलोको  स्थलगत निरीक्षणपछि नगर प्रमुख गैरेले तत्कालका लागि अस्थायी रुपमा समुदायले सञ्चालनमा ल्याए पनि कुलोलाई दीर्घकालीन रुपमा स्थायी मर्मत सम्भारका नगरपालिकाले गर्ने आश्वासन समेत दिए ।

    तत्कालका लागि सुचारु गर्न अस्थायी रुपमा उपभोक्ताहरुले पाइप खरिद गरी काठको सहायताले कुलो निर्माण  गरी विद्युत सञ्चालनमा ल्याइएको उपभोक्ता समितिले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • # नगर प्रमुख
  • # निरीक्षण

  • ईश्वर सुवेदी

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार