images
images

बागलुङ नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

  • आषाढ २०, २०७८ आइतवार
  • २०:२६:१८ बजे
  • 7.3K
    SHARES
  • बागलुङ नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

    बागलुङ : कोरोना महामारी नियन्त्रणमा सहयोग पु-याउने उद्देश्यले बागलुङ नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

    विभीन्न व्यक्ति तथा संस्थाबाट प्राप्त भएको स्वास्थ्य सामग्रीहरु सोम शर्माले आईतबार बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेका हुन् । काठमाण्डौंबाट देशभक्त युवा नेपाल, १०० ग्रप, वार्मिङ हर्ट नेपाल, फुड बैंक, स्वेता श्रेष्ठ लगायतका सामाजिक संस्था तथा व्यक्तिको  सहयोगमा बागलुङ नगरपालिकाको विभीन्न वडामा कोरोना नियन्त्रणका लागि राहत पु-याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको शर्माले बताए ।

     नगरपालिकालाई पाँच हजार दुई सय ५० थान सर्जिकल मास्क, ५ थना पल्स अक्सीमिटर, एक थान अक्सिजन कन्सन्ट्रेटर, दुई थान होम आईसोलेसन किट, १० थान सेनिटाईजर, एक थान थर्मल गन, दुई प्याकेट औषधी प्याकेज, १० थान पिपिई  र दुई जार क्लोरिन प्रदान गरिएको हो । उक्त सामग्रीहरु शर्माले बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेललाई हस्तान्तरण गरेका थिए ।

    सहयोग बुझ्दै पौडेलले सबैको सहयोगबाट महामारी नियन्त्रण गर्न सम्भव रहेको भन्दै यो बेला सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए । उनले ती सामग्रीहरुको सही उपयोग गर्ने समेत विश्वास दिलाए । 

    सम्बन्धित समाचार