बागलुङ : बागलुङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका—२ की ८० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । गत असार २१ गते कोरोना पोजेटिभ
देखिएपछि धौलागिरि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो ।कडाखालको कोभिड निमोनियाको कारण उनको मृत्यु भएको हो । योसंगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । बागलुङमा अहिले पनि २७७ जना सक्रिय संक्रमित रहेका छन् ।
यो पनि पढ्नुहोस्
ताराखोलामा बाढीमा परि एक जना बेपत्ता, घुस्मेली बजार जोखिममा
निरन्तर वर्षाका कारण ताराखोलामा बाढी पहिरोले एक जनालाई बगाएको छ । मंगलबार राति वर्षासँगै आएकाको बाढि र पहिरोले जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ३ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की पहिरोमा परि सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय
ताराखोलाका प्रहरी प्रमुख सई लक्ष्मण न्यौपानेले जानकारी दिए । बढिले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ । जस मध्ये अहिलेसम्म १० वटा जिवित र २७ वटा मृत बाख्रा निकालिएको प्रहरीले जनाएको छ । वर्षाका कारण इदि टोलबाट झरेको पहिरो र बाढीले स्थानीय ध्रुव खत्रीले संचालन गरेको एक रेष्टुरेन्ट समेत बगाएको छ ।
बाढी संगै खोलामा पानीको बहाब बढेर घुस्मेलि बजार क्षेत्रमा पस्न थालेको स्थानीयको भनाई छ । बजार क्षेत्रका करिब २५ घर परिवारलाई रातिनै सुरक्षित स्थानमा सारिएको छ । उद्दारका लागि इलाका प्रहरी कार्यालय गलकोट बाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलमा पुग्दै गरेको बताएको छ ।