images
images

बागलुङमा एकै दिन थपिए १०३ जना कोरोना संक्रमित 

बागलुङमा एकै दिन थपिए १०३ जना कोरोना संक्रमित 

  • श्रावण १६, २०७८ शनिवार
  • १५:०६:१९ बजे
  • 3.8K
    SHARES
  • बागलुङमा एकै दिन थपिए १०३ जना कोरोना संक्रमित 

    बागलुङ : पछिल्ला दिनहरुमा बागलुङमा कोरोना संक्रमणदर पुनः तिब्र गतिमा बढ्न थालेको छ ।

    निशेधाज्ञा खुकुलो भएसंगै बागलुङमा कोरोना संक्रमितको संख्या बढ्दै गएको हो । निशेधाज्ञामा केही घटेको संक्रमण अहिले बढ्दै गएको छ । 

    बागलुङमा पछिल्लो २४ घण्टामा १०३ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।

    धौलागिरि अस्पताल बागलुङका पिसिआर प्रयोगशालामा भएको परीक्षणमा ९५ जना र एन्टीजेन परीक्षणबाट ८ जनालाई कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

    पिसिआर परीक्षणमा बागलुङ नगरपालिकामा ६८ जना, बडिगाडमा १ जना, ढोरपाटनमा २ जना, जैमिनी नगरपालिकामा १६ जना काठेखोलामा ५ र अन्य ३ जनामा कोरोना पुष्टी भएको छ । एन्टीजेनबाट गलकोट नगरपालिकामा ५, ताराखोलामा १, ढोरपाटनमा १ र निसीखोलामा १ जनालाई कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २७ जना निको भएर घर फर्केका छन् ।

    बागलुङका १२ जैमिनीका ८, काठेखोला १ ताराखोला ५ र अन्य १ जना निको भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । 

     

    सम्बन्धित समाचार