images
images

पूर्वमाओवादी नेतालाई सर्वोच्चले पनि जोगाएन 

पूर्वमाओवादी नेतालाई सर्वोच्चले पनि जोगाएन 

  • श्रावण १८, २०७८ सोमवार
  • १८:०६:२५ बजे
  • 1.9K
    SHARES
  • पूर्वमाओवादी नेतालाई सर्वोच्चले पनि जोगाएन 

    काठमाडौं : सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।


    स्पष्टीकरणको मौका दिई सांसद पदबाट हटाएको देखिएको भन्दै सर्वोच्चले अन्तिम सुनुवाइका बेला बाँकी विवाद निरुपण हुने भनी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

     

  • सम्बन्धित विषय:

  • # पूर्वमाओवादी
  • # सर्वोच्च

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार