अस्पतालको गेटमा दलालको जगजगी 

अस्पतालको गेटमा दलालको जगजगी 

  • भाद्र ९, २०७८ बुधवार
  • १९:२८:४० बजे
  • 2.1K
    SHARES
  • अस्पतालको गेटमा दलालको जगजगी 

    विराटनगर : उपचारका लागि अस्पताल आएका बिरामीलाई झुक्याएर क्लिनिकमा लैजाने १० जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । कोसी अस्पताल र नोबेल मेडिकल कलेज परिसरबाट १० जनालाई पक्राउ गरेको हो ।

    नोबेलबाट सात र कोसी अस्पतालबाट तीन जनालाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।


    पक्राउ पर्नेमा विराटनगरको नोबेल शिक्षण अस्पतालनजिकको अली फार्मेसीबाट विराटनगर महानगरपालिका–७ का विश्वास मण्डल, युनिक केयर फार्मेसीबाट विराटनगर–१४ का रोशन गुप्ता, कृपा फार्मेसीबाट विराटनगर–४ का सुजित यादव र विराटनगर–५ का समीर खान, क्याटलाइसिस फर्माबाट विराटनगर–५ का फिरोज रोय, एपी फार्मेसीबाट विराटनगर–५ कासरोज खान र दाजुभाइ फार्मेसीबाट विराटनगर–३ का अमित यादव छन् ।

    कोसी अस्पताल नजिकको मेनुका औषधि पसलबाट सुनसरीको दुहवी–६ का श्रीराम चौधरी, मोरङको कटहरी–३ का मोहमद जलिछ र एन्जल फार्मेसीबाट सिहराको सिरहा–२ कासूर्यनारायण यादव पनि पक्राउ परेका छन् ।

    उपचारका लागि अस्पतालमा आएका विरामीलाई राम्रो सेवा नदिने र डाक्टर पनि राम्रो नभएको भन्दै क्लिनिकमा लैजाने गरेका थिए ।

    कमिसन पाउने भएकाले बिचौलियाले आफ्नो सम्पर्कमा भएका क्लिनिकमा लगेर उपचार गराउन लगाउने र फार्मेसीमा महँगो मूल्य तिराएर औषधि किनाउने गरेको देखिएपछि पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए ।

    पक्राउ परेकाहरुविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरीले एक साताअघि न्युरो अस्पतालअगाडिको ज्ञानु फार्मेसीमा काम गर्दै आएका विराटनगर–८ का प्रधुम्न राय र आनन्दकुमार साहलाई पक्राउ गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # अस्पताल
  • # दलाल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार