गायक विष्णु खत्रीकाे ‘अस्पताल’ सार्वजनिक (भिडियाे)

गायक विष्णु खत्रीकाे ‘अस्पताल’ सार्वजनिक (भिडियाे)

  • चैत्र २, २०७७ सोमवार
  • ०७:५१:३६ बजे
  • 3.9K
    SHARES
  • गायक विष्णु खत्रीकाे  ‘अस्पताल’ सार्वजनिक (भिडियाे)

    बागलुङ : लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘अस्पताल’ डिजिटल बजारमा आएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीत दुइ दिनमै करिब ७७ हजार पटक हेरिएको छ ।

    गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीतसमेत गायक खत्रीले नै दिएका छन् । दिलीप रेग्मीको निर्देशन रहेको गीतको भिडियोमा सारिका केसी, विमल केसीलगायतको अभिनय देख्न सकिन्छ ।

    युवायुवतीबीचको वियोगान्त प्रेमलाई गीत र भिडियोमा मार्मिकरूपमा चित्रण गरिएको छ । दुई दशकदेखि नेपाली लोकसङ्गीतमा क्रियाशील खत्रीले यसअघि सयौँ गीतमा स्वर दिइसकेका छन् ।

    नेपाली जनजीवनका भोगाइलाई गीतमार्फत जीवन्त ढङ्गले प्रस्तुत गर्न सफल गायकरसर्जक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘नयाँ जमना’लगायतका गीत धेरै रुचाइएको थियो ।

    हेर्नुहाेस् भिडियाे

  • सम्बन्धित विषय:

  • # विष्णु खत्री
  • # अस्पताल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार