images
images

निषेधाज्ञा

बागलुङमा जारी निषेधाज्ञा खुकुलो, के खुल्छ, के खुल्दैन ?

बागलुङमा जारी निषेधाज्ञा खुकुलो, के खुल्छ, के खुल्दैन ?

  • भाद्र १०, २०७८ बिहिवार
  • १७:११:०२ बजे
  • 3.2K
    SHARES
  • बागलुङमा जारी निषेधाज्ञा खुकुलो, के खुल्छ, के खुल्दैन ?

    बागलुङ : बागलुङमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि १५ दिनदेखि जारी कडा निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्लामा संक्रमण हुनेको संख्या कम हुदै गएपछि कोभिड व्यवस्थापन समितिको बिहिबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा खुकुलो बनाएको हो ।

    भदौ १० गते राति १२ बजेपछि अर्को सुचना जारी नहुञ्जेलसम्मका लागि बजार, यातायात, बैंक तथा वित्तिय संस्था सहकारी संस्थाहरु नियमित रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै संचालन गर्न सकिने भएको छ । सहकारी संस्थाहरुले बजारमा घरदैलो गरि बचत संकलन गर्न भने नपाउने भएका छन् । सार्वजनिक तथा

    निजी क्षेत्रका सवारीमा स्वास्थ्य मापदण्ड पुरा गरि सञ्चालन गर्ने, सबै प्रकारका पेशा, व्यवसाय, पसल बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म मात्र संचालन गर्न पाउने, आवासिय होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल आवश्यक मापदण्ड पालन गरि संचालन गर्ने निर्णय भएको प्रजिअ शिवकुमार कार्कीले

    जानकारी दिए । विवाह तथा पार्टी प्यालेसहरु, सिनेमा हल, फुटसल, पार्क, खेलकुद स्थल, जिमखाना, शैक्षिक संस्था लगायत बढि भीडभाड हुने स्थलहरु संचालन गर्न नपाउने निर्णय भएको हो । नजिकिदै गरेका तिज लगायतका पर्वहरु घरभित्रै पारिवारिक रुपमा मनाउने निर्णय गरिएको कार्कीले बताए ।

    कोरोना संक्रमण बढेको भन्दै प्रशासनले भदौ १० गतेसम्म पूर्ण रुपमा पालना हुनेगरी निषेधाज्ञा लगाएको थियो । जिल्लामा ३ सय ४८ सक्रिय संक्रमित छन् । कोरोनाबाट ६५ जनाको मृत्यु भएको छ ।

    No photo description available.

    No photo description available.

  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार